अन्तराष्ट्रिय शरणार्थी च्यालेन्ज कपमा टेन नवोदय विजयी

माघ ३ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी ‘पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल च्यालेन्ज कपको दोस्रो दिनको खेलमा टेन नवोदय एफसी बिजयी भएको छ ।

शनिबार भएको खेलमा उर्लाबारी फुटबल क्लबलाई शून्यको विरुद्ध १ गोल गर्दै पथरीशनिश्चरे नगरको टेन नवोदय बिजयी बनेको हो । टेन नवोदयले खेलको ७० औ मिनेट पाएको दोस्रो पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै रुपेश केसीले गरेको प्रहारले जाली चुम्दा टेन नवोदय १–० ले बिजयी बन्न सफल बनेको थियो ।

प्रतियोगिताको १५ औं मिनेटमा टेन नवोदयले पाएको पेनाल्टीबाट गोल गर्न चुकेका थिए । उर्लाबारीले खेल अवधी भर पाएका निकै सुनौला अवसरहरुलाई सदुपयोग गर्न नसक्दा उर्लाबारी प्रतियोगिता बाट बाहिरिन पुग्यो ।

खेलको म्यान अफ दि म्याच टेन नवोदयका रुपेश केसि घोषित हुँदै नगद २ हजार ५ सय रुपैया हात पारे । आइतबारको खेल बिराटनगर र बेलडाँगीका बिचमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा झापा, मोरङ र सुनसरीको १४ वटा टिम सहभागि भएको आयोजक समितिले जनाएको छ । उपाधि बिजेताले एक लाख एक हजार र दोस्रो हुनेले ५१ हजार नगद, ट्रफी र मेडलहरु पाउनेछन् ।

 

सम्बन्धित खवर