पथरीशनिश्चरे नगरमा स्वास्थ्य स्वयमसेविका दिवश सम्पन्न

मंसिर १९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा आज १८ औैं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवश सम्पन्न भएको छ ।

कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, उपसचिव शालिग्राम काफ्लेले नगरवासीको स्वास्थ्य हेरचाहमा महिला स्वास्थ्य स्वयमसेविकाहरुको ज्यादै महत्वपूर्ण भूमिका रहेको रहेको बताउँदै स्वयमसेविकाहरुको कामको प्रशंसा गरेका थिए ।

नगरपालिका अन्तर्गतको नगरस्तरीय महिला स्वयमसेविका समिति उपाध्यक्ष सरस्वती चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले कार्यक्रमको औचित्य प्रकाश पारेका थिए । सो अवसरमा ‘तातो आलु’ खेलमा विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।

सम्बन्धित खवर