२५ जेठ, पथरी । मोरङ पथरी शनिश्चरे–१ स्थित आरती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सामाजिक सञ्जालमा हाल फैलिरहेको प्रचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार संस्थाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुरा जनाएको हो । केही दिनयता सामाजिक सञ्जालमा संस्थाको नाम जोडेर विभिन्न किसिमका आरोप, कुप्रचार र भ्रामक समाचार आइरहेको उल्लेख गरेको छ । त्यस्ता भ्रामक प्रचारको विश्वास नर्गन र पछि नलाग्न आफ्नो सेयर सदस्यहरुलाई अनुरोध गरेका छन् ।
यसप्रति संस्थाले खण्डन गर्दै यस्ता गतिविधिहरूले सहकारी ऐन, नियम, विनियम र वार्षिक साधारण सभाबाट प्राप्त व्यवसायिक अनुमति विपरीत भ्रम सिर्जना गरेको जनाएको छ ।
संस्थाले आफ्नो आन्तरिक कारोबार व्यवसायलाई स्थानीय निकायबाट अनुमतिप्राप्त रूपमा अघि बढाएको स्पष्ट गर्दै, कुनै पनि भ्रममा नपर्न सबै शेयर सदस्य, ग्राहक र सरोकारवाला पक्षलाई आग्रह गरेको छ । साथै, यस्ता भ्रामक समाचारहरूको पछि नलाग्न अनुरोध गर्दै संस्था प्रति कुनै जिज्ञासा भएमा संस्थाको कार्यालयमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।
केही दिन अछि संस्थाको सेयर सदस्यहरु तथा सामाजिक अभियान्ताहरुले ५ करोड एक्स्ट्रीम (इनरर्जी ड्रिङग) खरिदमा घोटला भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । संस्थाले खरिद गरेको भनिएको ५ करोड एक्स्ट्रीम (इनरर्जी ड्रिङग) पथरीको एउटा डिल्लरलाई खरिद र विक्री गर्न दिएर संस्थाका संचालकहरुले व्यक्तिगत फाइदाको लागि कमिसन बापत रकम लिएको आरोप लगाएका थिए ।