शनिबार, बैशाख १२, २०८३

लिम्बू भाषा साहित्य, कक्षा–१२ को परीक्षा सम्पन्न

७ असार २०८२, पाँचथर । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डले सञ्चालन गरेको शैक्षिक शत्र २०८१ को कक्षा–१२ को लिम्बू भाषा साहित्य विषयको परीक्षा शुक्रबार सम्पन्न भएको छ ।

बोर्ड अन्तर्गतका पाँचथर, इलाम, मोरङ, तेह्रथुम, ताप्लेजुङ र धनकुटा जिल्लाका आठ केन्द्रमा एक सय विद्यार्थीले कक्षा–१२ को लिम्बू भाषा साहित्यको परीक्षा लेखेका बोर्डका अध्यक्ष अमिता सुब्बाले बताए । सत्यहाङमा मावि इम्बुङ परीक्षा केन्द्रमा २९ जना परीक्षार्थीले परीक्षा दिएका केन्द्राध्यक्ष हिक्मत वमले जानकारी दिए ।

लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड अन्तर्गत पाँचथरको फाल्गुनन्द गापा–२ इम्बुङको सत्यहाङमा मावि, कुम्मायक गापा–१ यासोकको पृथ्वी मावि, फिदिम नपा–१० याङनामको खलङगाटार मावि, इलामको माङसेबुङ गापा–५ को सरस्वती माविमा परीक्षा केन्द्र राखी परीक्षा सम्पन्न गरेको थियो ।

त्यस्तै फक्ताङलुङ गापा–३ ताप्लेजुङको सिंवा मावि, ताप्लेजुङकै मेरिङदेन गापा–५ थुकीमा स्थित त्रिभुवन मावि, मोरङको केराबारी गापा–१ पाटीगाउँको सरस्वती मावि, तेह्रथुमको मेन्छ्यायेम गापा–४ को श्रीजुङ मावि र धनकुटाको छथरजोरपाटी गापा–३ ताङखुवाको सरस्वती मावि परीक्षा केन्द्रमा पनि लिम्बू भाषा साहित्य, कक्षा–१२ को परीक्षा सम्पन्न भएको हो ।

बोर्ड अध्यक्ष सुब्बाका अनुसार शनिबार कक्षा–११ को परीक्षा हुनेछ । कक्षा–११ मा १०६ जनाले लिम्बू भाषा साहित्यको परीक्षा दिनेछन् ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.