Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
तीन दिने पुनरताजगी तथा कानुनी साक्षरता तालिम समापन - Nigranitimes

तीन दिने पुनरताजगी तथा कानुनी साक्षरता तालिम समापन

२१ असार, लेटाङ । मोरङको कानेपोखरी गाउँपालिकाले मेलमिलाप कर्ताहरुको लागि तीन दिने पुनरताजगी तथा कानुनी साक्षरता तालिम समापन भएको छ ।

लेटाङ नगरपालिका स्थित कृषि विकास तालिम केन्द्रको सभाहलमा समापन भएको हो । ताालिममा वडा नं. १ देखि ७ सम्मका मेलमिलाप कर्ताहरुको सहभागि रहेका थिए । तालिमलाई संविधान तथा कानुनविद काशिराज दाहाल र हरि ले सहजिकरण गर्नुभएको थियो ।

मेलमिलापकर्ताहरुमा हुनुपर्ने गुण, दक्षता, क्षमता, प्रस्तुती, धैरता जस्ता कुराहरु र जनप्रतिनिधिले स्थानीयतहमा कानुन निर्माण, योजना छनौट, वेरुजु शून्य बारेमा सहजिकरण गरिएको थियो ।

समापनका दिन सहभागि सबै मेलमिलापकर्ताहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । तालिममा वडा नं. ३ का वडा अध्यक्ष गोपाल बहादुर कार्की, ६ का वडा अध्यक्ष खड्ग बहादुर बस्नेत र ७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारी पनि सहभागि हुनुहुन्थ्यो । त्यस्तै कार्यपालिका सदस्य सुशिला श्रेष्ठ, वडा सदस्यहरु पनि तालिममा सहभागि रहनुभएको थियो ।

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक भोला प्रसाद अधिकारीको सभापतित्वमा उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, प्रमुख प्रशासकिय अधिकृत हिरा कुमारी यादव उपस्थित रहनु भएको थियो ।

सम्बन्धित खवर