Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
पशुपति सामुदायिक वनले लाहा खेतीको लागि सेमियालता र कुसुमको विरुवा रोपे - Nigranitimes

पशुपति सामुदायिक वनले लाहा खेतीको लागि सेमियालता र कुसुमको विरुवा रोपे

१५ असार, पथरी । मोरङ पथरी शनिश्चरे १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले लाहा खेतीको कार्य योजना अघि सारेको छ ।

शनिबार कोशी प्रदेश सभा सदस्य मान प्रसाद लिम्बू र गीता तिम्सिनाले लाहा खेती गर्ने वनको क्षेत्रमा वृक्षारोपन गरी लाहा खेती औपचारीकरुपमा सुरु भएको घोषणा गरेका थिए । वनले २ हेक्टर जग्गामा ४ हजार सेमियालता र कुसुमको विरुवा रोपेको हो ।

भुटानी शरणार्थीहरु तेस्रो मुलुक गएपछि खालि जग्गा रहेका स्थानमा लाहा खेतीको योजना अघि सारेको छ ।

वन समूहका अध्यक्ष पुष्कर शाहीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला वन वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, लाहा खेती विज्ञ डम्बर बिश्वकर्मा र डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापा लगाएतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम विवेक न्यौपानेले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर