महिलाको लागि मखमल जुत्ता निर्माण र दलितको लागि कुक तालिम

माघ २४ गते, पथरी । महिलाका लागि मखमल ढाका जुत्ता निर्माण र दलितका लागि कुक तालिमको आयोजना भएको छ । मोरङको पथरीशनिश्चरे –९ स्थित वडा कार्यालयको आयोजनामा तालिम भएको हो ।

सोमबार मखमल ढाका जुत्ता निर्माण तालिमको सातौं दिन सन्दर्भमा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले गाउँ वस्तीमै व्यवसायिक वन्नका लागि यस्ता प्रकारका तालिम सञ्चालन गरिदै आएको वताइन् ।

सो अवसरमा, कार्यपालिका सदस्य निर्मला गदाल, वडा सदस्य इन्द्रावती गुरुङ, नगरको लघु उद्यम शाखा प्रमुख हेमचन्द्र दहाल र जुत्ता तालिम सहजकर्ता सावित्रा भट्टराई खतिवडाले मन्तव्य व्यक्त गरे । ७० हजारको बजेटमा १० जनाका लागि नगरको लघु उद्यम विकास शाखाको संयोजनमा १० दिने जुत्ता निर्माण तालिम सञ्चालन गरिएको थियो ।

त्यसैगरी केशवप्रसाद खतिवडाको सहजिकरणमा सञ्चालित १ साताको कुक तालिमको नगर उपप्रमुख वास्तोला सहितले अनुगमन् गरेका थिए । तालिम आज तेस्रो दिनमा सञ्चालन भइरहेको छ । लक्षित दलित कार्यक्रम अन्तर्गत ७० हजारको बजेटमा १० जनाका लागि कुक तालिम सञ्चालन गरिएको हो ।

त्यसैगरी उपप्रमुख यामुना वास्तोलाले वडा नम्बर ९ कै महेन्द्रचोक साना किसान कृषि उत्पादक समूहले नगरपालिकामार्फत दुध मिसन तथा भैंसी प्रवद्र्धन कार्यक्रमबाट दुध उत्पादन र त्यसको विक्री वितरणका बारेमा अनुगमन् गरेका छन् । अन्यत्रको दर भन्दा प्रतिलिटर १० रुपैयाँ बढीमा किसानबाट भैंसी र गाईको दुध खरिद गरी संस्थाले विक्री वितरण गर्दै आएको छ ।

सम्बन्धित खवर