ग्रामिण सुधारको साढें ५ हेक्टर खाली जग्गामा ८ हजार विरुवा रोपिन्दै

असार ४ गते, कानेपोखरी । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई सलकपुरले मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित ग्रामिण सुधार सामुदायिक वनमा वृक्षारोपण कार्यक्रमा सुरु भएको छ ।

८ औं राष्ट्रिय चुरे दिवसको अवसरमा विहिबार ग्रामिण सुधार सामुदायिका वनको खाली रहेको ५ हेक्टर जमिनमा विक्षारोपण सुरु गरेको हो । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखर चन्द्र थापाले वृक्षा रोपेर वृक्षारोपणको उद्घाटन गरेका थिए । साढें ५ हेक्टर जमिनमा विभिन्न जातका ८ हजार विरुवा रोपिने राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाईका वोर्ड सदस्य कमला ओली सिवाकोटीले बताइन । टिक, सखुवा, कदम, सिरिस, करम, मसला, सतिशाल, जमुना लगाएतका विरुवा रोपिने जनाएको छ ।

वृक्षारोपण स्थलको लागि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाईको खर्चमा वरीपरी तार घेराबारा र पिल्लर लगाएको बोर्ड सदस्य शिवाकोटीले बताइन् । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन इकाईको ९ लाख ५० हजार र कानेपोखरी गाउँपालिकाको २ लाख आर्थिक सहयोगमा साढें ५ हेक्सटरमा वृक्षारोपण गर्न लागिएको हो । वृक्षारोपणको लागि सव डिभिजन वन कार्यालय मोरङ र सव डिभिजन वन कार्यालय कानेपोखरीबाट विरुवा ल्याइने आयोजकले बताएका छन् ।

कार्यक्रममा वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय प्रदेश १ सचिव सन्जिव कुमार राई, डिभिजन वन मोरङ अधिकृत अनिलरुद्र शाह, फोकोफोन मोरङ अध्यक्ष रामकृष्ण राई,वडा नम्बर ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी, वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङ, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, ग्रामिण सुधार सामुदायिक वनका अध्यक्ष नविन राई, सव डिभिजन वन कार्यालय कानेपोखरी तुलसी यादव लगाएत अतिथि रहेका थिए ।

 

सम्बन्धित खवर