२५ जेष्ठ, पथरी । मोरङको पथरी शनिश्चरेमा सम्पन्न गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले ‘शनिश्चरे नगर आईडल’ हात पारेको छ ।
शनिबार हरियाली सामुदायिक वनको सभाहलमा भएको ग्राण्ड फिनालेमा १० जना प्रतियोगिलाई पछि पार्दै गायनमा राज लोहार र ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै नृत्यतर्फ गरिमा मगर बिजेता बनेको हो ।
आइडल जितसँगै दुवै जनाले नगर ४० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै गायनतर्फ अभिशेक लिम्बू फस्ट रन अफ र तुलशा थापा सेकेण्ड रन अफ बनेका थिए । नृत्यतर्फ सुजता घिसिङ फस्ट रन आफ र नितेश राई सेकेण्ड रन अफ बनेका थिए ।
गायन र नृत्य दुवैतर्फका फस्ट रन अफ र सेकेण्ड रन अफ प्राप्त गर्नेले क्रमस २० र १० हजार नगद, ट्रफि र प्रमणपत्र प्राप्त गरेका छन् । विजेता सम्पूर्ण कलाकारहरुलाई पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, कला साहित्य प्रबद्र्धन समितिका अध्यक्ष धनराज राई (अमिर) लगायतको हातबाट पुरस्कार प्रदान गरिएको थियो ।
‘प्रतिभा पहिचान, पथरीशनिश्चरेको शान’ भन्ने मूल नाराको साथ भएको गायन र नृत्य प्रतियोगितामा करिव २ महिनादेखि गाउँगाउँमा गएर अडिसन, मेघा अडिशनहुँदै गायनतर्फ १० र नृत्यतर्फ १० जनालाई फाइनल राउण्डमा लगिएको कार्यक्रम संयोजक लक्ष्मीप्रसाद फुयलले बताए । निर्णायकमा गायनतर्फ गौरव दर्पण, नन्दु गुरुङ र सृष्टि हिङमाङ रहेका थिए ।
कला साहित्य प्रबद्र्धन समिति आयोजना र पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा भएको कार्यक्रमकामा कला साहित्य प्रबद्र्धन समितिले लोकगायक गौरव दर्पणलाई सम्मान गरिएको थियो । नगर प्रमुख मोहनप्रसाद तुम्बापोले मुहार चित्र सहित नगद २५ हजार नगद र सम्मान पत्रले सम्मान गरेको थियो ।