पथरी बहुमुखी क्याम्पसको प्रमुखमा शान्तिराम तिम्सिना नियुक्त

भदौ २५ गते, प थरी। मोरङ पथरीशनिश्चरे नगरको एकमात्र डिग्री क्याम्पसको रुपमा रहेको पथरी बहुमुखी क्याम्पसको प्रमुखमा शान्तिराम तिम्सिना नियुक्त भएका छन् ।

शुक्रबार क्याम्पस संचालक समितिका अध्यक्ष रामकुमार बस्नेतको अध्यक्षतामा बसेको बैठकले भदौ २६ गते आइतबारबाट लागू हुने गरी क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । तिम्सिना यस अघि क्याम्पस सहायक प्रमुखमा रहेर अध्यापन गर्दै आएका थिए ।

त्यसैगरी क्याम्पस सहायक प्रमुखमा ऋषिराज धिमाललाई नियुक्त गरेको छ । तिम्सिना र धिमाल क्याम्पस स्थापना कालदेखी नै क्याम्पसमा अध्यापन गराउँदै आएका थिए ।

क्याम्पसमा अहिले व्याच्लोर मास्टरमा एजुकेशन र म्यानेजमेट संकायमा अध्यापन भैरहेको छ । त्यसैगरी व्याच्लोर लेभलमा वाणिज्य शात्र, मानविकी शात्र र शिक्षा शात्रमा अध्यापन भैरहेको छ ।

२०६४ सालमा स्थापना भएको क्याम्पसमा स्थापनाकालमा क्याम्पस प्रमुख अर्जुन कुमार बुढाथोकी रहेका थिए । दोस्रो क्याम्पस प्रमुखमा ताराबहादुर काफ्ले र तेस्रो क्याम्पस प्रमुखको रुपमा निर्वतमान क्याम्स प्रमुख चेतन पौडेल रहेका छन् ।

पूर्व क्याम्पस प्रमुख अर्जुनकुमार बुढाथोकी र ताराबहादुर काफ्ले, वर्तमान क्याम्पस प्रमुख चेतन पौडेल, चण्डीप्रसाद राई, मोहनप्रसाद तुम्बापो, मोहनकुमार न्यौपाने, स्वः तिलक बान्तवा राई, युवराज बास्कोटा लगायत समाजका अग्रजहरुको क्याम्पस स्थापनामा ठुलो योगदान रहेको छ ।

सम्बन्धित खवर