कानेपोखरी गाउँपालिकाद्धारा डेङ्गु संक्रमित क्षेत्रमा औषधी छिट्दै

असोज ७ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका क्षेत्रमा डेङ्गुको संक्रमण बढ्दै गएपछि गाउँपालिकाले संक्रमणको नियन्त्रण तथा त्यसको रोकथाम थालेको छ ।

गाउँपालिकाको वडा नं. ६ र वडा नं. २ मा गरी जम्मा ३ जना संक्रमित भई अहिले उपचारमा रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रोहिन्द्रकुमार राजभण्डरीले बताएका छन् । डेङ्गु संक्रमण बढ्दै गएपछि त्यसको नियन्त्रण र रोकथाम गर्न गाउँपालिकाले संक्रमित क्षेत्र, विद्यालय क्षेत्र र बजार क्षेत्रमा औषधि स्प्रे(औषधी छर्नेकाम) गरिरहेको छ ।

यसको नियन्त्रण र रोकथाम आफैले पनि गर्न सकिने स्वास्थ्य प्रमुख भण्डारीले बताए । घर वरिपरी जमेको पानी छ भने त्यसलाई माटोले पुर्नेकाम गर्ने र लाम्खुट्टेले फुलपार्ने स्थान खोजिगरी त्यसलाई नष्ट गर्ने काम गरियो भने त्यसबाट बच्च सकिने बताए । डेङ्गु लागेको थाहा पाउन आरडिटी र सलाईड विधिबाट त्यसको चेकजाँच गरिदै आएको छ ।

अहिले संक्रमित क्षेत्रमा ३ जना सुपरभाइजर र १३ जना औषधी स्प्रे गर्ने कामदारले काम गरिरहेको छ । उनिहरुले असोज १५ गते सम्म संक्रमित क्षेत्र, विद्यालय क्षेत्र र बजार क्षेत्रमा औषधि स्प्रे(औषधी छर्नेकाम) गर्ने गाउँपालिकाले जनाएको छ ।

डेङ्गु ज्वरो डेङ्गु भाइरसको कारण हुने एक तीव्र लामखुट्टेले–सार्ने संक्रमण हो । यो संसारभरिका उष्णकटिबंधीय र उप–उष्णकटिबंधीय क्षेत्रहरुमा पाइन्छ । उदाहरणका लागि, डेङ्गु ज्वरो दक्षिण पूर्व एशियाका धेरै देशहरुमा हुने एक स्थानीय रोग हो । डेङ्गु भाइरस चार फरक प्रकारका हुन्छन्, प्रत्येकले डेङ्गु ज्वरो र गम्भीर डेङ्गु (डेङ्गु रक्तश्रावी ज्वरो’ पनि भनिन्छ) निम्त्याउन सक्छ ।

डेङ्गु ज्वरोको चिकित्सकीय वर्गीकरण उच्च ज्वरो आउने, गम्भीर टाउको दुख्ने, आँखाको पछाडि दुख्ने, मांसपेशी र जोर्नीको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुन्निएको ग्रन्थी, दाना र डाबर जस्ता लक्षणहरु द्वारा गरिन्छ । केही संक्रमित व्यक्तिहरुमा स्पष्ट लक्षण विकसित नहुन सक्छ, र केहीलाई, जस्तै साना बच्चाहरुमा तातोपनका साथै डाबरहरु जस्ता हलुका ज्वरोको लक्षणहरु देखाउन सक्छ ।

सम्बन्धित खवर