कानेपोखरी आईटिएफ तेक्वाण्डोद्धारा शुभकामना आदनप्रदान

असोज १७ गते, कानेपोखरी । मोरङको कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङद्धारा दशै, तिहार र छट पर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदान गरेको छ ।

आइतबार फुलपातीको दिन जनसेवा माविको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदनप्रदान सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामले पालिका क्षेत्र भित्रका खेलाडीहरु उत्पादनको लागि गाउँपालिकाले ठुलो आर्थिक लगानी गर्दै आएको बताइन् । उनीले सक्क्षम खेलाडीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल खेल्न पुग्ने खेलाडीहरुलाई आर्थिक सहयोग पनि गर्ने बताएकी छिन् । यहाँको युवाहरु विभिन्न खेल क्षेत्रमा लागेर कानेपोखरी गाउँपालिका खेलमय बनाउनु अध्यक्ष इङ्नामले पर्ने जोड दिएकी थिइन् ।

पोखोरामा हुने ९ औँ राष्ट्रि खेलकुदमा छनौट भएकी कानेपोखरी ६ की १९ बर्षिय इन्दिरा थापालाई बक्ताहरुले बधाई तथा जितको शुभकामन दिएका थिए । उनीले आईटिएफ टेक्वाण्डो खेलमा जिल्ला हुदै प्रदेश स्तरीय खेलमा राम्रो खेल खेल्दै प्रथम स्थान ओगट्दै राष्ट्रि खेलमा छनौट भएकी थिइन् ।

वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेले खेल क्षेत्रमा आईटिएफ टेक्वाण्डोले गाउँपालिकामा ठुलो फड्को मारेको बताए । रमाइलो युवा परिवारका अध्यक्ष नविन पौड्यालले विभिन्न खेलमा आवद्ध खेलाडीहरुलाई खेलमा निरन्तरताको लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्नामले खेलाडीहरुलाई टिका लगाई दिएर आर्शिवाद दिएका थिए ।

कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङका सल्लाहकार तथा समाजसेवी एविन पाठकले कानेपोखरी आईटिएफ टेक्वाण्डोले छोटो समयमै ठुलो प्रगती गरेको बताए । कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङका उपाध्यक्ष राजकुमारी तामाङको संचालनमा रहेको कार्यक्रममा जिल्ला अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भूजेल सभाध्यक्ष रहेका थिए ।

 

सम्बन्धित खवर