नवौं राष्ट्रिय खेलकुदमा इन्दिरा थापालाई दोस्रो उपाधि

कार्तिक १ गते, कानेपोखरी । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मोरङ कानेपोखरी गाउँपालिकाकी इन्दिरा थापा आईटिएफ टेक्वाणडो खेलमा दोस्रो भएकी छिन ।

सोमबार भएको फाइनल खेलमा उनीले ४५–४९ उमेर समूहको खेलको प्रतिस्पधामा दोस्रो स्थान उपाधि प्राप्त गरेको हो । १ नं. प्रदेशमा आईटिएफ टेक्वाणडो खेलमा अहिले सम्म इन्दिराले मात्र सफलता प्राप्त गरेकी हुन । खेलमा उनका प्रतिद्धन्दी गण्डकी प्रदेशकी सुस्मिता थापा प्रथम भइन् । इन्दिराले ४ खेल खेलेका थिए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा असोज २८ देखि सुरु भएको थियो । खेल कार्तिक ३ गते सम्पन्न हुर्दै छ ।

कानेपोखरी ६ मा घर भएकी बर्ष १९ की इन्दिरा थापा आईटिएफ टेक्वाणडो डोजाङ खेलमा १ नम्बर प्रदेश स्तरीय छनौट खेलमा (४५–४९) तौल समूहमा राम्रो खेल प्रर्दशन गर्दै प्रथम अंक ल्याई राष्ट्रिय खेलमा छनौट भएकी हुन । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ बाट ३६ वटा विभिन्न खेलकुद विधामा खेलाडीहरूले भाग लिएका थिए । प्रदेशस्तरमा भदौ १६ देखि असोज १० गतेसम्म छनौट चरण थियो ।

भदौ ५ देखि १० गतेसम्म भएको जिल्लास्तरीय छनौट चरणको खेलहरूमा पनि खेल राम्रो प्रदर्शन गर्दै प्रथम अंक ल्याएका थिए । इन्दिरा थापाले बल्याक बेल्छ २ डान को बेल्ट प्राप्त गरिसकेका छन् । उनी अहिले कानेपोखरी गाउँपालिका क्षेत्रको विभिन्न स्थानमा प्रशिक्षक भएर खेल खेलाउँर्दै आएका छन् । उनीले छोटो समयमै यत्रो फड्को मार्नुमा आफ्नो गुरु युवराज भूजेलको ठुलो योगदान रहेको बताउँछिन् ।

उनीले यस अघि काठ्माडौंमा सम्पन्न भएको ४० केजी तौल समूहको राष्टपति रनिङ्शिल्ड खेलमा दुई पटक दोस्रो स्थानको पुरस्कार प्राप्त गरिसकेका छन् । त्यसैगरी काठ्माडौंमै सम्पन्न भएको कोरियन मस्ट गेममा दोस्रो स्थानको पुरस्कार पाएका थिए । ४०–४५ तौल समूह आईटिएफ प्रदेश स्तरीय खेलमा प्रथम स्थानको पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै उनीले ४०–४५ तौल समूहको डाँगीहाट आईटिएफ तेक्वाण्डो प्रतियोगितामा पनि प्रथम स्थानको पुरस्कार प्राप्त गरिकेका छन् । प्रदेश स्तरीय खेलमा तीन पटक वेस्ट प्लेयर प्राप्त गरेका छन् । यो क्षेत्रमा उनी निरन्तर १३ बर्ष अघिदेखी खेल खेल्दै आएका उनी सुनाउँछिन् ।

सम्बन्धित खवर