पुस ९ गते, पथरी । मोरङ पथरीशनिश्चे–८ स्थित केर्खा टोल घर भएकी २२ बर्षीया अस्मिता लिम्बुको रोटेपिङ खेल्ने क्रममा खसेर मृत्यु भएको छ । मृत्युसँगै उनको कोरिया जाने सपना अधुरै रहेको छ ।
पोखरामा औद्योगिक व्यापार मेलामा रोटेपिङ खेल्ने क्रममा खसेर गम्भिर घाइते भएकी अस्मिताको गण्डकी मेडिकल अस्पतालमा उपचारको क्रममा पुस ६ गते बुधबार मृत्यु भएको हो । अस्पतालको रिपोर्ट अनुसार अस्मिताको मेरुदण्डको हाड, पछाडीको करङ र घाँटी पनि भाचिएको र टाउँको फुटेको थियो । अस्मिता कोरिया भाषा पढ्दै थिइन् । उनी कोरिया भाषा पढेर कोरिया जाने सपना बुनेकी थिइन् ।
अस्मितासँगै दिदि रुविना र कोपिला बानियाँ पिङबाट खसे । दिदि रुविना र कोपिला बानियाँ सामान्या घाइते भएका थिए । अस्मिताकी दिदि रुविनाकी ४ बर्षीय छोरी पनि पिङबाट सँगै खसेकी थिइन । तर बच्चाको अवस्था सामान्य भएको अस्पतालले जनाएको थियो । जम्मा ४ जनामा एकजना पिङको रडमै झुण्डीएर खस्नबाट बचेको प्रहरी बताउँछन् ।
अस्मिताको दिदिभेनाजु पोखराको नयाँ बजारमा बस्दै आएका छन् । उनी पोखरा घुमेर मंसिर २० गते पथरीशनिश्चरे आफ्नो घर फर्किर्ने तयारी रहेको थियो । घर फर्किने भनेर २० गतेको बसको टिकट पनि काटेकी थिइन् ।
पोखरा उद्योग बाणिज्य संघले समृद्धि स्टिल्स राष्ट्रिय औधोगिक मेला मंसिर १६ गतेबाट सुरु गरेको थियो । भोलिपल्ट घर जान लागेकी अस्मितालाई अघिल्लो दिन मंसिर १९ मा उनकी दिदी रुविना र साथीहरूले नजिकै चलिरहेको औद्योगिक व्यापार मेला हेर्न लगे । मेला पुग्दा साँझ ६ बजिसकेको थियो । मेलामा घुम्दै गर्दा उनीहरू रोटेपिङ राखिएको ठाउँमा पुगे । पिङ खेल्न खोज्दा मान्छे नपुग्ने भन्दै उनीहरूलाई पिङ चलाउन बसेका व्यक्तिहरूले फर्काइदिए ।
मेला हेर्न गएका अरू पनि केहीबेरमा पिङतर्फ आए । उनीहरू पिङ खेल्न चाहेपछि अस्मिताको समूहलाई पनि पिङ खेल्न बोलाइयो । जम्मा पिङ खेल्ने ९ जना भयो । उनीहरू टिकट काटेर पिङमा चढे । जब पिङ चल्न थाल्यो, दोस्रो घुमाइमै अस्मिता बसेको डिब्बा छड्के भयो । अस्मिता, रुविना र कोपिला बानियाँ पिङबाट खसे । पिङको माथिल्लो भागबाट खसेका उनीहरूमध्ये अस्मिता गम्भीर घाइते बनिन् । रुविना, कोपिला र ४ बर्षीय बालिका सामान्य घाइते भएको कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।
अस्मिताकी दिदी रुविनाका अनुसार पिङको नटबल्टु राम्रोसँग नकसेका कारण डब्बा पल्टीएर खस्न पुगेको बताइ्न ।
घरपरिवारमा अभिभावकको रुमा आमा मात्र रहेकी अस्मितालाई पुस ८ गते शुक्रबार पथरीशनिश्चरे–८, केर्खाको घरमा ल्याई दाह संस्कार गरिएको छ । घटना घटेपछि अस्मिताको परिवार घटना स्थलमा पुगेका थिए ।
घटना भए पछि उपचारको केही समय पछि फोक्सो र मुटुको उपचार विधि गरेका थिए । त्यो विधि गर्दा अस्पतालमा मान्छे चिनेको र मलाई घर लैजानु भनेका कुरा छिमेकी दिनेश लिम्बु बताउँछन् । घटना भएको १५ दिन सम्म अस्पतालकै शैयामा मृत अवस्था राखिएको थियो । मेला पनि सकियो अस्पतालले मान्छे पनि मृत घोषणा गरिदियो ।
पिङमा प्राविधिक कम्जोरी धेरै पाएको दिनेश लिम्बुले बताउँछन् ।
पोखराको नयाँ बजारमा रुविना घरभाडामा बस्दै आएर व्यापार व्यवसाय गर्दै आएकी छिन । घरधनी दिलमाया गुरुङका अनुसार यहाँ सवैसँग पहल गरेकी बताइन । अस्मिताको सक्दो उपचार गरेको १२ लाख खर्च भयो र मृर्तकका परिवारको माग अनुसार १० लाख क्षतिपूर्ती वापत दिलाएको पोखरा उद्योग बाणिज्य संघ महासचिव बलाराम आचार्यले बताए ।