क्यान्सर पीडित विजय धिमालको उपचारको लागि रकम संकलन हुदै

दिनेश सुब्बा लिम्बु

माघ ११ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका ५ स्थित क्याम्पस डाँडा निवासी क्यान्सर पीडित बिजय कुमार धिमालको थप उपचार सहयोगको लागि रकम जुट्दै गएको छ ।

जनसेवा मावि २०५५ एस.एल.सी ब्याचको समूहले रकम संकलन गरेको हो । मनकुमारी गुरुङ, यामप्रासद(उमेश)पौड्याल, ऋषि लम्साल, जनक ढकाल र दिनेश सुब्बा लिम्बुको नेतृत्वको समूहले अहिले सम्म ३५ हजार रकम संकलन गरिकेको छ ।

एसएलसी २०५५ ब्याचको धिमालको आन्द्रमा क्यान्सर भएर उपचार गरिरहेको उनलाई उपचारमा थप सहयोग पुगोस भनेर जनसेवा मावि २०५५ एस.एल.सी ब्याचको पूर्व विद्यार्थीहरुसँग रकम संकलन गरिरहेको संकलन कर्ता मध्येका मनकुमारी गुरुङले बताइन् ।

५० हजार पुर्याएर एक हप्ता पछि रकम हस्तान्तर गर्ने संकलन कर्ता यामप्रासद(उमेश) पौडयलले बताए । सहयोग गर्न चाहाने जोकोहीले पनि गर्न सकिने र यही सहयोग गर्नुपरेमा तलदिएको बैंकएकाण्डमा रकम जम्मा गर्न सकिने पौड्यालले बताए ।

निम्न बर्गका धिमालको वैदेशीक रोजगारको लागि मलेसिया हँदा एलर्जी जस्तो भएको थियो । त्यस बेला जन्डिसको पनि उपचार गरेका थिए । उतिखेर विदेशमै दुई हप्ता हस्पिटलमा बसेर उपचार गरेका र उपचार संभव नभएपछि नेपाल आएको विजयले बताए ।

नेपाल आएर विराटनगर स्थित नोबेल अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा पेङ्क्यलियरमा ट्युमर देखिएको थियो । पछि आन्द्रामा क्यान्सर भएको उनि बताउँछन् । अहिले सम्म आफ्नो खातामा रहेको साढें चार लाख रुपैया खर्च गरिसकेको र गाउँघरबाट विदेश गएकाहरुले गरेको सहयोगले उपचार गरिरहेको बताउँछन् । धिमाल जातीय संस्थाले पनि सहयोग गरेको बिजयले बताए । उनको अहिले महिनामा तीन पटक किमो चढाउनु पर्ने र एक पटकमा ४० हजार रकम खर्चहुदै आएको छ ।

आर्थिक सहयोग गर्न चाहाने व्यक्तिहरु लागि याम प्रसाद पौडेल  : २४३०१०००१५९२००१० (राष्ट्रिय बाणिज्य बैंक) बयरवन शाखा र दिनेश सुब्बा लिम्बु  Esewa id : ९८४२०८४०४० मा पठाउन सकिने व्यवस्था गरिएको छ ।

क्यान्सर पीडित विजय कुमार धिमालको उपचारमा सहयोगको लागि सहयोग प्रदान गर्नुहुने व्यक्तिको नामावली यसप्रकार छ ।
१) सरिता गहतराज –१,०१०।
२) संजय राई –१,०००।
३) शम्भु शाह –१,१००।
४) जहरमान घिसिङ –१,१५५।
५) राजु अधिकारी –१,०१० ।
६) दिनेश कुमार दंगाल –१,०२५ ।
७) घनश्याम ओझा –१,०००।
८) विरेन गिरी –१,०००।
९) चक्र श्रेष्ठ –१,१५०।
१०) प्रकाश कोइराला –१,०००।
११) लाख बहादुर श्रेष्ठ –१,०१०।
१२) उमेश (याम प्र)पौडेल –१,०००।
१३) डा. हेमप्रकाश कार्की –१,०००।
१४) मदन ओझा –१,०००।
१५) शुसिला थापा (खड्का) –५,५०।
१६) दिल्लीमाया बस्नेत –५,००।
१७) दोर्णराज घिमिरे –५,००।
१८) दिल्लीराम पोख्रेल –५,००।
१९) मैना देवी फुयाल (आचार्य) –५,००।
२०) खिना बस्नेत(महत ) –५,००।
२१) बिनिता आचार्य (पाण्डे) –५,००।
२२) पुनम बस्नेत –५००।
२३) विन्दा सुवेदी –५,००।
२४) उमेश श्रेष्ठ –५,००।
२५) सीता घले (गुरुङ) –५,०५।
२६) विकास मैनाली –५,०००।
२७) राजेश चौधरी –१,१५५।
२८) लालचन्द्र गौतम –१,५००।
२९) सुनिता बस्नेत –१,१००।
३०) सपना चाम्लिङ राई –१,०००।
३१) तेजु (सुजा) लिम्बु –२,१५५।
३२) सङ्गीता आचार्य –१,०००।
३३) टेइन्द्र कुमार बास्तोला –१,१००।
३४) हेमन्त कार्की (नविन) –१,५००।

सम्बन्धित खवर