कानेपोखरीमा ८० भन्दा बढी किसानलाई कृषि सामाग्री वितरण

फागुन २६ गते, कानेपोखरी । मेहनति कृषि सहकारी संस्थाको आयोजनामा किसानलाई विभिन्न कृषि सामाग्रीहरु वितरण गरिएको छ ।

कानेपोखरी गाउँपालिकाको आर्थिक सहयोगमा शुक्रबार कानेपोखरी ४ स्थित धम्कुवामा रहेको सहकारीले ८० जना भन्दा बढी किसानलाई विभिन्न सामाग्री वितरण गरेको हो । तोरी पकेट कार्यक्रम अन्तरगत कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामले विभिन्न कृषि सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष इङ्नाले गाउँपालिकाले प्रदान गरेको कृषि सामाग्री किसानले लिएर पनि गाउँपालिकाले केही दिएन भनेर भन्ने गरेको गुनासो गर्नुभएको थियो । उहाँले भन्नु भयो–“गाउँपालिकाबाट ३ पटक सम्म सेवा लिएर पनि गाउँपालिकाले केही पनि दिएन भन्ने व्यक्तिहरु छन् ।” यो वितरण गरिएको कृषि सामाग्री सवै कृर्षकहरुले थाहा पाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका कृषि शाखा प्रमुख सागर पौडेल र जिन्सी शाखा प्रमुख यादव निरौला उपस्थित रहनु भएको थियो ।

सिचाई मटर ८५ प्रतिशत अनुदानमा ४ जनालाई प्रदान गरिएको छ । तीन इन्चको मोटर कमला देवी गुरुङ, मिन बहादुर पुरी, चुडामणी अधिकारी र चन्द्रकला गुरागाईले प्राप्त गर्नुभएको थियो ।

स्प्रेटंयाङ्की ८५ प्रतिशत अनुदानमा १० जना किसानलाई प्रदान गरिएको छ । जस्मा इन्द्र बहादुर घिमिरे, इश्वरी बहादुर बस्नेत, ढुण्डीमाया पुरी, योग्य प्रसाद ढुङ्गाना, भवानी गुरागाई, युवाराज घले, नारायण प्रसाद आचार्य, नयनाथ पौडेल, शरण बहादुर कार्की, झमक बुढाथोकीलाई प्रदान गरिएको थियो । छापेको बोरा ८५ प्रतिशत अनुदानमा ६० जनालाई किसानलाई प्रदान गरिएको छ ।

आफुले उत्पादन गरेको तोरी बाहिर बेच्नको लागि सो बोरामा लगाएर बेच्नुपर्ने नियम रहेको छ । यसरी बोला लानेहरुमा कृष्ण बहादुर बस्नेत, अरुण सुवेदी, सिता सुवेदी, गंगा ढुङ्गाना, अभिनारायाण बुढाथोकी, नारायण आचार्य, विष्णुकुमारी आचार्य, पदम बहादुर बि.क. लगाएत ६० जनाले लगेको थियो ।

त्रिपाल १० जना किसानलाई प्रदान गरिएको छ । कृष्णबहादुर सुवेदी, अनुरुपा सुवेदी, रिता सुवेदी, गंगा ढुङ्गाना, अविनारायण बुढाथोकी, धनमाया अधिकारी, विष्णुकुमारी माझी, केशवकुमारी कोइराला, पदम बहादुर वि.क.र नारायण आचार्यलाई प्रदान गरिएको छ ।

एक चक्के ठेला गाडी ५ जनालाई प्रदान गरिएको छ । फाल्गुनकुमारी दाहाल, कृष्ण बहादुर सुवेदी, हेमराज अधिकारी, इन्द्र बहादुर कार्की र खड्ग दाहाललाई प्रदान गरिएको हो । त्यसैगरी प्लाष्टीक ८५ प्रतिशत अनुदानमा ६० जना किसानलाई प्रदान गरिएको थियो ।

पालिकाले १ थान बोरा सिलाउने मेसिन र १ थान डिजिटल काँटा ८५ प्रतिशत अनुदानमा संस्थालाई हस्तान्तरण गरेको छ । सो मेसिन संस्थामा रहने र सवै संस्थाका सदस्य तथा किसानले त्यस संस्थाबाट सेवा लिनुपर्ने संस्थाका अध्यक्ष भवानी वरालले बताउनु भयो ।
तोरी पकेट कार्यक्रम अन्तरगत तयार पारिएको २ लिटरको तोरीको तेल संस्थाले अतिथिहरुलाई कोशेलीको रुपमा प्रदान गरेका थिए । संस्थाका अध्यक्ष भवानी गुरागाईँको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव प्रेम अधिकारीले संचालन गर्नुभएको थियो ।

सम्बन्धित खवर