हरकपुरका शिक्षकले पथरीको दियालो होटलमा गरे आत्महत्या

जेठ १३, पथरी । मोरङका कानेपोखरी ३ स्थित हरकपुरका एक शिक्षकले पथरीको दियालो होटलमा आत्महत्या गरेका छन् ।

शुक्रबार पथरीशनिश्चरे १, स्थित पथरीबजारको दियालो होटलमा ५७ बर्षीय विष्णु कार्कीले हात्महत्या गरेको हो । दियालो होटल संचालक मनोज कोइरालाले कार्कीलाई होटलमा विहान पंखाको हुकमा झुण्डीएको अवस्थामा फेलापारेको थियो । पंखामा झुण्डीरहेको देखे पछि होटल संचालकले पथरी प्रहरीलाई खबर गरेको थियो । उनी वडा नं. ३ को बाल माबिका द्धितीय श्रेष्णीका निमावि शिक्षक हुन ।

भखरै खुलेको सानो होटल, दुई वटा मात्र शौचालय भएकोले एउटा शौचालय व्यस्त भएपछि अर्को शौचालय जादा कार्की सुतेको कोठा खुल्लै देखे पछि भित्र हेर्दा पंखामा झुण्डीरहेको होटल संचालक कोइरालाले देखेको इप्रका पथरी प्रहरीले बताएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धनमा शिक्षक कार्की विहिबार दिउँसो २ बजे होटल पुगेको देखिन्छ । कार्की सुतेको कोठाको भित्र पटीबाट भने चुकुल लगाएको थिएन । कोठा भित्रबाट चुक्कुल नलगाएको देखेपछि कार्की परिवारले यो आत्महत्या नभई हत्या हुनसक्ने भन्दै गहिरो अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पथरीमा माग गरेका छन् ।

इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मि भण्डारीले शिक्षक कार्कीको बारेमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने बताएका छन् । प्रहरीका अनुसार मृतक कार्कीको छोरा अष्टेलिया रहेको र उनलाई पर्खनको लागि केही समय धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा राख्न शवलाई आज त्यस तर्फ लगिएको इप्रकाका डिएसपी भण्डारीले जानकारी दिए ।

बेलबारी नगरपालिका स्थित भाउन्ने सडकमा मृतक कार्की तीन महिना अघि मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनामा परी कार्कीको दाहिने हात र खुट्टा भाचिएको थियो । तीन महिना उपचार पछि घर नजिकको विद्यालयमा बैशाखी टेकेर स्कुल आउने र घर जाने काम सुरु गरेका थिए । विद्यालय आएको ४, ५ दिन भएको थियो । एनआईसि एसिया बैंकमा काम छ भनी शिक्षक कार्की विहिबार विद्यालयबाट दोस्रो घण्टीमा निस्केका थिए । बैंकसम्म स्कुलका स्टार्फ तथा साइनोले भतिज पर्ने खेमचन्द्र कार्कीलाई पुर्याउनु लगाएको बाल माबिमा अध्यापनरत शिक्षक विरबहादुर बम्जनले जनाए ।

 

सम्बन्धित खवर