पुस १८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा १५ दिने मन्टेश्वरी शिक्षा सम्बन्धि निशुल्क तालिम सुरु भएको छ । पथरीशनिश्चरे नगरपालिकाको सहयोग र नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघ नगरको आयोजनामा तालिम शुक्रबारबाट सुरु भएको हो ।
उद्घाटन कार्यक्रमको प्रमुख अतिथी संविधान सभा सदस्य लालबहादुर मगरले सिकाइको साथै उत्पीडित समुदाय राज्यको निर्णायक तहमा पुग्ने प्रयत्न गर्नुपर्ने बताए । मगरले आफू विद्यार्थी कालदेखिनै गरिवहरुको हकहित र सेवा गर्छ भनेपछी पार्टी राजनीतिमा लागेको बताए ।
कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका १ नम्बर वडा अध्यक्ष बाबुराम एङ्देन लिम्बूले स्थानीय सरकारले गरेको काम बारे नबुँझी नकारात्मक टिका टिप्पणी भइरहेको बातए । आम समुदायले स्थानीय सरकारको कार्यक्रममा नबुझी सामाजिक सन्जालमा लेख्नु भन्दा त्यहाँ सहभागी भएर सहयोग गरेमात्र नेपाल संमृद्ध हुने बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राईले लोकतान्त्रिक गणतन्त्र स्थापना पछी जनजातिको अधिकार कटौतीहुँदै गएको भन्दै त्यसप्रति तीनै तहको सरकार गम्भीर हुनुपर्ने बताए । राईले १ नम्बर प्रदेशको नाम पहिचानमा आधारित किरात, लिम्बुवान नछुटाउन प्रदेश सांसदहरु, सरकार र सभामुखलाई ध्यानाकर्षण गराएका बताए ।
नेपाल आदिवासी जनजाती विद्यार्थी महासंघ पथरीशनिश्चरे नगर समिति अध्यक्ष निता कुलुङ राईको सभापतित्वामा भएको थियो । उड्घाटन कार्यक्रममा एभरेस्ट आवासीय बोर्डिङ स्कुलको निर्देशक रबिन कन्द्ङ्वाले यो तालिम लिएपछि शिक्षा पेसा नलिएपनी आफ्नो सन्तानलाई गाइड गर्न सहज हुने बताए । आदिवासी जनजाति महासंघ नगर सचिव देवेन्द्र वनेम, प्रशिक्षक राजेश खत्री लगायतको शुभकामना मन्तव्य दिएका थिए ।
फोजिन मोरङ जिल्ला अध्यक्ष दिनेश सुब्बा लिम्बु, नगर ३ नम्बार वडा अध्यक्ष डम्बर चेम्जोङ, नेपाल आदिवासी जनजाति युवा महासंघ नगर अध्यक्ष सुमन वनेम, किरात याक्थुङ चुम्लुङ नगर सचिव बिक्रम लिम्बू उद्घाटन कार्यक्रममा अतिथि रहेका थिए ।
मन्टेश्वरी शिक्षा सम्बन्धि १५ दिनसम्म चल्ने तालिममा नगरको आदिवासी जनजाती मुलका ३० जना छात्राहरु सहभागी रहेको अध्यक्ष निता राईले बताए । तालिममा राजेश खत्री,सपना काफ्ले र सितल रायले सहजीकरण गर्नेछ । मन्टेश्वरी शिक्षा प्रणाली वालवालिकाको मनोविज्ञान बुझेर, अभ्यासमा आधारित शिक्षा प्रणाली हो ।
इटालीमा जन्मिएका मारिया मन्टेस्वरीले रोम लगायतको युरोपेली देशमा यो शिक्षा प्रणालीको विकासको साथै प्रयोग गरेका थिए । नेपालमा हाल पूर्व प्राथमिक कक्षाहरुमा यो विधि अपनाउने चलन बढ्डै गएको छ ।