शुक्रबार, कार्तिक २१, २०८२

आयोजक पथरी ११ उपाधि नजिक, शनिबार सलहेश सिराहसँग भिड्दै

२० कात्र्तिक, पथरी । पथरी शनिश्चरे नगरमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपमा आयोजक पथरी ११ उपाधि नजिक पुगेको छ ।

विहिबार भएको खेलमा काठमाडौंको न्यू रोड टिम एनआरटी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउदै आयोजक पथरी ११ फाइनलमा पुगेको हो ।
आयोजक पथरी ११ उपाधिको लागि शनिबार सिरहाको सलहेश युवा क्लबसँग भिड्ने भएको छ ।

पथरी ११ का लागि खेलको पहिलो हाफमा शौर्य राउतले गोल गरेका थिए । उनले खेलको २५ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । दोस्रो हाफमा न्यू रोड टिम एनआरटी फुटबल क्लबले पथरी ११ लाई निकै दवाबमा राखेका थिए । खेलको अतिरिक्त समयमा रेट कार्ड पाएर एनआरटीका बिबेक गुरुङ बाहिरिएपछि १० खेलाडीमा सिमित बन्यो ।

एनआरटीका सुदिप लामा, राजिब र जोनिशले पहेलो कार्ड पाएका थिए भने पथरी ११ काले गोल रक्षक समिर क्षेत्रीले पहेलो कार्ड पाएका थिए ।
खेलको म्यान अफ दि म्याच पथरी ११ का शौर्य राउत घोषित भए । उनले नगद ५ हजार, ट्रफी र दर्शकबाट थप ६ हजार ५ सय सहित ११ हजार ५ सय प्राप्त गरे । उनलाई कार्यक्रमको प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रवक्ता नविन कार्कीले नगद र ट्रफी प्रदान गरे ।

प्रतियोगिता प्रस्थापित पथरी रंगशालामा कात्र्तिक १५ गते देखि सुरु भएको थियो । प्रतियोगिताको विजेताले नगर ५ लाख, ट्रफी र प्रमाण पत्र र उपविजेताले २ लाख ५० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ । साथै खेल अवधिभर उत्कृष्ट खेलाडी, गोलरक्षक, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने आयोजकले जनाए । फोटो पुष्पाञ्जली स्टुडियो

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.