शुक्रबार, कार्तिक २१, २०८२

पाँचथर क्लबलाई हराउँदै सलहेस सिराह फाइनलमा प्रवेश

२० कात्र्तिक, पथरी । मोरङ पथरी शनिश्चरे नगरमा जारी ‘अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको सेमिफाइनल खेलमा सलहेश सिराह फाइनलमा पुगेको छ ।

बुधबार भएको खेलमा पाँचथर क्लब फिदिमलाई ४–१ गोल अन्तरले पाखा लगाउदै सलहेश फाइनल पुगेको हो । पहिलो हाफमा बराबरी भए पनि दोस्रो हाफमा ४–१ गोलमा खेल समाप्त भएको थियो ।

सलहेश सिराहाको जितमा रोहन कार्कीले २ गोल गरे भने रोहन भुजेल र कमल खवासले १÷१ गोल गरेका थिए ।
खेलमा सिराहा सलहेसको रोहन कार्कीले खेलको ६६ औं मिनेटमा खाता खोलेका थिए । त्यस्तै ७० औं मिनेटमा पाँचथरका अभिशेक लिम्बुले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

खेलको ७७ औं मिनेटमा रोहन भुजेलले गोल गर्दा पाँचथर स्तब्द बन्यो । एक गोलले पछि परेको पाँचथर विरुद्व खेलको ७८ औं मिनेटमा रोहन कार्की र ८४ औं मिनेटमा कमल खवासले गोल गर्दै खेललाई ४–१ बनाए । पहिलो हाफ गोल रहित बराबरी खेलेको पाँचथरले लय गुमाउदा हार बेहोर्नु पर्यो ।
खेलको म्यान अफ दि म्याच सलहेस सिराहाका रोहन कार्की घोषित भए । उनले नगद ५ हजार र ट्रफी प्राप्त गरे । आजको खेल आयोजक पथरी ११ र एनआरटि काठमाडौं बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता फाइनल कार्तिक २२ गते हुने छ । प्रतियोगिताको विजेताले नगर ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने छ ।

तस्विर : पुष्पाञ्जली फोटो स्टुडियो

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.