
१६ कात्र्तिक, पथरी । पथरी शनिश्चरे नगरमा ‘अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको दोस्रो दिनको खेलमा पथरी ११ फुटवल क्लव पथरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लव ललितपुरलाई १–० ले हराउँदै आयोजक पथरी ११ फुटवल क्लव सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको ४५ औं मिनेटमा सनम धिमालको क्रस पासमा शौर्य राउतको वान भर्सेस वान बललाई मिक्चेन दाशले निर्णायक गोल गरेका हुन । पुर्वका कलेक्सन खेलाडी सहित पाहुना टोली ब्रिगेड ब्वाई विरुद्व पथरी ११ आफ्नो होम सेट मैदान उत्रिएको थियो ।
उत्कृष्ट खेल प्रदशन गरेका पथरी ११ का मिक्चेन दाश म्यान अफ दि म्याच घोषित हुदै नगद ५ हजार प्राप्त गरे । भोलिको तेस्रो क्वाटर खेल संकटा फुटवल क्लव काठमाडौं र पाँचथर विच हुने छ ।
प्रतियोगिता कार्तिक २२ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगर ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने छ । प्रतियोगितामा सलहेस सिराहा, कञ्चनजंघा भारत सिलिगुडी, संकटा, पाँचथर, झापा, एन आर्टि, ब्रिगेट ब्वाईज र आयोजक ईन्ट्रा पथरी ११ प्रतिस्पर्दा गर्दैछन ।



