कानेपोखरीमा वडासदस्यद्धारा छिमेकीलाई निर्घात कुटपिट

भदौ ३० गते, बयरवन । मोरङको कानेपोखरी गाउँपालिकामा एक वडा सदस्यले छिमेकीलाई निर्घात कुटपिट गरेको छ ।

वडा नं.–३, का वडा सदस्य उदय बहादुर कार्कीले घरमै गएर छिमेकी प्रकास भण्डारीलाई निर्घात कुटपिट गरेको हो । मादक पदार्थ सेवन गरेका कार्कीले मंगलबार राती ८ः३० बजे खाना खाईरहेको बेला घरमै गएर कुटपिट गरेको पीडित प्रकास भण्डारीले बताए ।

वडा सदस्य कार्कीले लात्त्तीले हान्दा ५७ बर्षिय भण्डारीको अण्डाकोषमा लागेको थियो । घटना पछि भण्डारी सिमेन्ट पलस्टर गरेको भुइमा लडेका थिए । भुईमा लडेपछि उनको हात र टाउँमा गहिरो चोट लागेको उपचारत भण्डारीले बताए ।

उनलाई मंगलबार राती नै विरानगर स्थित एक हस्पिटलमा उपचारको लागि लगिएको छ । उनको हातहरु, अण्डाकोष र जिउँ पुरै सुनिएको उनले बताए । मंगलबार प्रकास भण्डारीको घरमा कोही पनि थिएन । उनका श्रीमती काठ्माडौं गएका थिए । कुटपिट गर्दा पीडितका मामामाईजुले छुट्याएको पीडितले बताए ।

कुट्नुको कारण भने केही पनि नभएको र खाना खाईरहेको बेला एक्कासी आएर कुट्पिट गरेको पीडितले बताए । उता पीडित पक्षले बुधबार इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेको पीडिका परिवारले बताए । वडा सदस्य कार्की यस अघि पनि पटक पटक पीडित भण्डारीसंग विवाद गर्दै आएको थिए ।

उता वडा सदस्य कार्कीले भने घरमा हल्ला गर्दै थियो र घरमा गएर हल्ला नगर्नु भन्दा आफैसँग आइलागेकोले मेरो खुट्टाले लागेको बताए । उनले आफै लड्दा चोटपटक लागेका बताए ।

सम्बन्धित खवर