२० मंसिर, पथरी । मोरङको पथरीशनिश्चरे –१ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुन उदयकुमार राई अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
राई समूहमा दोस्रो कार्यकालको लागि सर्वसहमत अध्यक्ष बनेका हुन् । सोमबार भएको १५ औं चुनावी साधारण सभाबाट उपाध्यक्षमा जंगबहादुर राई, सचिवमा शन्तमाया शेर्पा, सहसचिवमा मोहनकुमार श्रेष्ठ, कोषाध्यक्षमा मञ्जु लिम्बू सर्वसहमत चयन भएका हुन् ।
सदस्यहरुमा प्रेम तामाङ, चुनादेवि गुरुङ, यर्मिया लिम्बू, झलक गुरुङ, यामबहादुर लिम्बू, मन्दिरा नेपाली, धनप्रसाद पन्धाक, लिलामाया मगर, श्रीमाया इङनाम र कल्पना विक चयन भएका हुन् ।
लेखा समितिको संयोजकमा यामबहादुर लिम्बू, सदस्यहरुमा चित्र साँवा, इक्सा यवा चयन भएका छन् । निर्वाचित पदाधिकारी सदस्यहरुलाई निर्वाचन समितिको संयोजक प्रदिपकुमार राईले गोपनियताको सफत खुवाउनुको साथै निर्वाचित प्रमाणपत्र प्रदान गरेका थिए ।
सधारण सभा उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पथरीशनिश्चरे १ नं. वडा अध्यक्ष भीमकुमार राईले मनकामना सामुदायिक वन नगरकै उत्कृष्ट बनाउन शुभकामना दिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश समिति महासचिव रेनुका दाहाल, सदस्य अग्नी पौडेल, जिल्ला उपाध्यक्ष मदन पोख्रेल, पथरीशनिश्चरे नगर अध्यक्ष मैनादेवि आचार्य, पथरी सव डिभिजन वन कार्यालयका रेञ्जर प्रदिप क्षेत्री, चौतारी सामुदायिक वन उपभोक्रा समूहका अध्यक्ष टंकप्रसाद लिम्बू लगायतले शुभकामना दिएका थिए ।
मनकामनाको अतिरिक्त आम्दानी १५ लाख बढी
मनकामना सामुदायिक वनको ८०.७७ हेक्टर क्षेत्रफल रहेको छ । २२२ घरधुरी सदस्य रहेको वन क्षेत्रफलको हिसावले नगरकै सानो देखिएपनि आम्दानी र कृयाशीलताको हिसावले उत्कृष्ट हुनसक्ने अध्यक्ष उदयकुमार राईको दावी छ ।
सामुदायिक वन भित्र ट्रि हाउस, बाल उद्यन, पोखरी लगायत घुम्न र खेल्न आन्तरिक पर्यटनको घुइचो लाग्ने गरेको छ । मनकामना सामुदायिक वनमा बाल उद्यनबाट ५ लाख ८७ हजार १२३, पिकनिक स्पटबाट ३ लाख ८७ हजार ८७५, खाजा घर टहरा भाडाबाट ३ लाख ६९ हजार ६०५, माछा बिक्रीबाट १ लाख ६१ हजार ६१० गरी वन पैदावर (काठ, दाउरा) बिक्री बाहेक नै बार्षिक १५ लाख ६ हजार २१३ आम्दानि भएको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
क्षेत्रको हिसावले सानो भएपनि छिमेकी ठूलो क्षेत्रफल भएको वनहरु भन्दा तुलनात्मक हिसावले अतिरिक्त आम्दानी बढी देखिएको छ । पन पैदावर र अतिरिक्त आम्दानि वन ऐन र नियमाली अनुसार खर्च हुने गरेको वन निर्वाृचित अध्यक्ष उदयकुमार राईले बताए ।