माघ ५ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी ‘पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित शरणार्थी’ फुटबल च्यालेन्ज कपको आइतबार भएको खेलमा भुट्निज युथ क्लब बेलडाँगीलाई पाखा लगाउँर्दै बिन्ध्यावासिनी फुटबल क्लब बिजयी भएको छ ।
भुट्निज युथ क्लब ( बिवाईसी) बेलडाँगीलाई २–१ गोलको अन्तरले पराजित गर्दै बिन्ध्यावासिनी फुटबल क्लब दोस्रो चरणमा प्रवेश गरेको छ । बिन्ध्यावासिनीले खेलको ३४ औँ मिनेटमा आशिष चौधरीले १ गोल गर्दै खेललाई अग्रता दिलाएको थियो । खेलको ५४ औँ मिनेटमा बिन्ध्यावासिनीकै सुनिल खड्काले १ गोल गर्दै खेलको अंक थपेका थिए ।
त्यसैगरी खेलको अतिरिक्त समयमा भुट्निज युथ क्लब बेलडाँगीका बिक्रम राईले टिमका लागि सान्तावना गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बिन्ध्यावासिनी बिराटनगरका अशोक खवास घोषित हुँदै नगद २ हजार ५ सय प्राप्त गरेका थिए । सोमबारको खेल खेल बिवाईसि बेलडाँगी (बि) र धरान फुटबल क्लब बिच हुने भएको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलिले ५१ हजार रुपैयाँमा प्राप्त गर्ने छन् ।