जिओ कृषि एप सञ्चालनका लागि प्रशिक्षण तालिम

मंसिर २२ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा पालिकामै पहिलो पटक सञ्चालन भएको जिओ कृषि एपलाई सवै कृषकसम्म विस्तार गर्न एप सञ्चालनका लागि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरिएको छ ।

लुथरन सामुदायिक कल्याण समाजको आयोजनामा सम्पन्न तालिमको समापनका अवसरमा बोल्दै नगर प्रमुख दिलीपकुमार राईले नगरमा कृषि क्षेत्रको प्रवद्र्धनमा प्राविधिक हिसावले नेपालकै नविन काम गर्दै कृषकलाई उत्साहित बनाउने काम भएको बताए । सो अवसरमा लुथरनले जिओ कृषिको कार्यालयमा इ चौतारी निर्माणका लागि एउटा एलइडी टीभी प्रदान गरेको छ । प्रशिक्षार्थीलाई प्रमाणपत्र पनि प्रदान गरिएको छ । तालिमको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गरेका थिए ।

कार्यक्रममा, जिओकृषिका सहकर्ता हेमचन्द्र दहाल, लुथरनका तर्फबाट जिओ कृषिका फोकल पर्सन उमेश दनुवारले तालिमको सहजिकरण गरे । लुथरनका कार्यक्रम सुपरिवेक्षक गोपाल सोरेन, तालिम प्रशिक्षार्थी टंकप्रसाद फुयाँल र मीना तामाङले कार्यक्रमको प्रभावकारिताका बारेमा मन्तव्य व्यक्त गरेका थिए । तालिममा १० वडाकै कृषि सञ्जालका २,२ जना र कृषक समूहका गरी २८ जनाको सहभागिता रहेको थियो ।

पहिलो वर्ष ५ सय कृषकलाई एपमा जोड्ने र कृषि बाली फसलको जानकारी, रोग तथा उपचारको विधिका बारेमा एपबाटै सूचित गराउने योजना अनुरुप हालसम्म ५ सय १० जना जोडिइसकेका छन् । हेफर इन्टरनेशनलले पनि यहीखाले कार्यक्रम नगरमा सञ्चालनको तयारी गरको छ ।

सम्बन्धित खवर