कानेपोखरी एकता समाजद्धारा शैक्षिक सामाग्री बितरण

दुर्गा नारायण खतिवडा (बिबेक)
२३ असार, दलेली । कानेपोखरी एकता समाजले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । वडा नं. २ स्थित दलेलीमा रहेको शिक्षा बिकास माबिमा अध्ययन गर्ने विद्यार्थीलाई शुक्रबार शैक्षिक सामाग्री बितरण गरेको हो ।

विद्यालयमा अध्यन गर्ने ५ जना बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको कानेपोखरी एकता समाजका अध्यक्ष मनोज कार्कीले बताए ।

कक्षा ३ मा अध्यन गर्ने युनिशा मगर, मनिष ऋषिदेब, कक्षा ४ का मुस्कान चौधरी र कक्षा ५ का तारादेबी धमला र सुरेस उरामलाई कपि, डटपेन, पेन्सिल र जमेटी बक्स प्रदान गरेका थिए ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रुद्र बहादुर निरौला, शिक्षक संजिब खड्का र स्थानिय मनिष न्यौपानेको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर