२३ असार, पथरी । मोरङको पथरी शनिश्चरे–१० भुटानी शरणार्थी शिविर डाँडामा १६ औँ राष्ट्रिय विभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको सालिक अनावरण भएको छ ।
महागुरु प्रतिष्ठान शनिश्चरे नगर शाखाको आयोजनामा आइतबार किराँत धर्मका प्रमुख माङसेवा सावा (प्रमुख पुजारी) मनप्रसाद थलङ, पथरी शनिश्चरे संयुक्त धार्मिक स्थल संरक्षण समितिका अध्यक्ष ज्ञानेन्द्र राई, सचिव शुरेस कार्की (वडा पालिका सदस्य) लगायतको हातबाट शालिकको संयुक्त रूपमा अनावरण गरिएको हो ।
महागुरु प्रतिष्ठान शाखा समितिका अध्यक्ष समशेरकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा बगाले थापा समूहका अध्यक्ष टेकबहादुर थापा, वडा सदस्य शुरेस कार्की लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा किरात धार्मिक गुरु पदमकुमार नेम्वाङ, संयुक्त धार्मिक समितिको सदस्य भेषबहादुर गुरुङ, टेकलबहादुर पाण्डे लगायतको उपस्थिति रहेको थियो ।