मोरङ चुम्लुङको जिल्ला अधिवेशन माघ २२ र २३ गते बेलबारीमा हुने

पुष १८ गते, पथरी । किरात याक्थुङ चुम्लुङ मोरङको ८ औं जिल्ला अधिवेशन माघ २२ र २३ गते बेलबारीमा हुने भएको छ ।

शनिबार जिल्ला शाखाको अध्यक्ष विवेक लिम्बु योङहाङको अध्यक्षतामा बसेको बैठकले अधिवेशनबारे टुङ्टो लगाएको हो । अधिवेशनमा ५० साधारण सदस्य बराबर १ महिला र १ पुरुष प्रतिनिधिको व्यवस्था गरेको छ । त्यसैगरी १ सय साधारण सदस्य मध्ये १ पर्यबेक्षक सहभागी हुन पाउने व्यवस्था आयोजक कमिटीले गरेको छ ।

जिल्ला अधिवेशनमा सहभागी हुन महानगरपालिका चुम्लुङ शाखाले ३० हजार, नगरपालिका चुम्लुङ शाखाल २५ हजार र गाउँपालिका चुम्लुङ शाखाल २० हजार दायित्व बुझाउनु पर्ने छ । बैठकले पालिका अधिवेशन गर्न बाँकी रहेको शाखाहरुले माघ १८ गते सम्म पालिका शाखा अधिवेशन सक्नु पर्ने निर्णय गरेको किरात याक्थुङ चुम्लुङ मोरङका अध्यक्ष विवेक लिम्बुले बताए ।

शाखाहरु ,बिराटाटनगर महानगरपादिका, बेलबारी नगर, पथरीशनिश्चरपे नगर, लेटाङ नगर, सुन्दरहरौचा नगर, उर्लाबारी नगर, रतुवामाइ नगर, कानेपोखरी गाउँपालिका, बुढीगंगा गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, केराबारी गाउँपालिका शाखाबाट प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जिल्ला चुम्लुङले जनाएको छ ।

जिल्ला अधिवेशनमा राष्ट्रिय कलाकार सहित यालाङ् ,माङ्लाङ, केलाङ् च्याङबुङ् सहति करिव २५ सयको उपस्थित हुने भएको छ ।

 

सम्बन्धित खवर