चैत १ गते, पथरी । मोरङको पथरीशनिश्चरे –५, स्थित कोठेबारी महिला समूह मार्फत महिलाका लागि ३ महिने सिलाई कटाई तालिम सुरु भएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले तालिमको उद्घाटन गर्दै गाउँवस्तीका महिलाहरु पनि उत्तिकै मात्रामा सक्षम भई आयआर्जन गरेर स्वनिर्भर वन्नु आजको आवश्यकता भएको चर्चा गर्दै सहभागिलाई उत्प्रेरित गरिन ।
कार्यक्रममा, समाजसेवीहरु विनय तिम्सिना, एलबी भण्डारी सहितले मन्तव्य व्यक्त गरे । कार्यपालिका सदस्य तिलबहादुर धिमालको समेत उपस्थिती रहेको कार्यक्रमको समूह अध्यक्ष राधिका खनालको अध्यक्षता रहेको थियो । नगरपालिका कार्यालयमार्फत महिला लक्षित कार्यक्रमको १ लाख बजेटमा कार्यक्रम सुरु भएको हो ।