हिसान मोरङको वरिष्ठ उपाध्यक्षमा पथरीका टि.एन तिम्सिना

जेठ २१ गते, पथरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको वरिष्ठ उपाध्यक्षमा टि.एन. तिम्सिना निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शुक्रबार भएको छैंटौ जिल्ला अधिवेशनबाट तिम्सिना वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको हो । तिम्सिना पथरीशनिश्चरे –२ स्थित रेडस्टार स्कुलका प्रिन्सिपल तथा निर्देशक रहेका छन् ।

त्यसैगरी अध्यक्षमा अमित ढकाल निर्विरोध निर्वाचित भएका छन् । विराटनगरस्थित अर्किड कलेजका अध्यक्ष पनि रहेका ढकाल यसअघि हिसान मोरङको वरिष्ठ उपाध्यक्ष रहेका थिए । नवनिर्वाचित अध्ययक्ष ढकालले निजी कलेजहरूको विकासमा ध्यान दिने बताए । अहिले पनि राज्यले निजी उच्च माविहरूलाई बिभेद गरेको बताए । उनले राज्यको विभेदकारी नीति अन्त्य गरिनुपर्नेमा जोड दिएका थिए ।

हिसान मोरङको उपाध्यक्ष मोहन कुमार श्रेष्ठ, मनोज गुप्ता, सचिब गोविन्द निरौला, सह–सचिब ललित नारायण र कोषाध्यक्षमा कान्तिपुर कलेजका प्रमुख भुवन नेपाल निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा विरेन्द्र कुमार चौधरी, बिक्रम महर्जन, भास्कर भट्टराई, खड्ग डागी, दुर्गा पौडेल, विजय कुमार माझी लगयात रहेका छन् ।

सम्बन्धित खवर