कक्षा ११ र १२ को भर्ना र मासिक शुल्क गाउँपालिकाले तिरिदिने

साउन २५ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीको भर्ना र मासिक शुल्क कानेपोखरी गाउँपालिकाले तिरिदिने भएको छ ।

गाउँपालिकाले बुधबार सूचना निकाल्दै कक्षा ११ र १२ को शुल्क बारे जानकारी गराएको हो । गाउँपालिका क्षेत्र भित्र बसोबास गर्ने विद्यार्थीहरु गाउँपालिका क्षेत्र भित्रकै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्याथीको लागि यो कार्यक्रम सुरु गरेको गाउँपालि अध्यक्ष राजमती इङ्नामले बताईन । कक्षा १२ सम्मको शिक्षा स्थानीय सरकारको दायित्व भएकोले यो बर्ष देखी लागुहुने गरी ‘गाउँपालिकाको छात्रवृत्ति सम्बन्धी ऐन २०७९’ निर्माण गरी लागु गरेको पालिकाका उपाध्यक्ष भोला अधिकारीले बताए ।

आर्थिक बर्ष २०७९÷०८० देखी कक्षा ११ र १२ का प्रत्येक विद्यार्थीको भर्ना शुल्क १ हजार र मासिक शुल्क ४ सयको दरले गाउँपालिकाले व्यहोरर्ने गरी गाउँपालिकाले ऐन निर्माण गरेको छ । सोही ‘गाउँपालिकाको छात्रवृत्ति सम्बन्धी ऐन २०७९’ मार्फत यो कार्यक्रमा अघि सारिएको हो । अहिले गाउँपालिकाको जनसेवा मावि र शिक्षा विकास माविमा कक्षा ११ र १२ सञ्चाल हुदै आएको छ ।

गाउँपालिकाले गाउँसभाबाट ‘प्राविधिक विद्यामा रोजगारी, कानेपोखरीका छोराछोरी’, एसईई पछि गाउँपालिका क्षेत्र भित्रका २ जना विद्यार्थीलाई ३ बर्षे प्राविधिक निःशुल्क शिक्षा प्रदान गर्ने, ‘निःशुल्क शिक्षा, पालिको इच्छा’ , गाउँपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुको भर्ना शुल्क र मासिक शुल्क स्थानीय कानून बमोजिम गाउँपालिकाबाटै व्यहोरिने, विद्यार्थीमैत्री फर्निचर, विद्यालयमा आधुनिक फिल्टर जडान, ‘एक वडा, एक मा.वि’ नीति ल्याइने, विद्यार्थीसँग अध्यक्ष, विद्यालय व्यवस्थापन समितिसँग उपाध्यक्ष, शिक्षकसँग प्रमुख प्रशासकीय अधिकृत र अभिभावकसँग वडा अध्यक्ष, सुधारिएको बाल विकास केन्द्र र शिक्षक, कर्मचारी सम्मान, मातृभाषाको स्थानीय पाठ्यक्रम निमार्ण गर्ने, स्थानीय पाठ्यक्रमा निर्माण गर्ने, छात्राबासको व्यवस्था गर्ने जस्ता कार्यक्रम पारित गरेका थियो ।

सम्बन्धित खवर