कक्फेक्वा तङनामको अवसरमा ‘मुन्धुमयक’ नामकरण

माघ १ गते, दमक । लिम्बू समुदायले कक्फेक्वा तङनाम ५०८३ को शुभकाना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम गरी मनाएका छन् ।

आइतवार झापाको कमल गाउँपालिका –५ सिम्लेमा लिम्बू जातिको नाच केलाङ प्रतियोगिता गर्नुका साथैं येले तङवे तथा कक्फेक्वा तङ्गनामको शुभकामना आदानप्रदान गरिएको थियो ।

मुन्धुम यकमा कियाचु झापा जिल्ला शाखा अध्यक्ष सेसेहाङ फियाकको प्रमुख आतिथ्यतामा कक्फेक्वा तङनाम ५०८३ शुभकाना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

चुम्लुङ्गले सोहि कार्यक्रम स्थललाई मुन्धुमयक नामाकरण पनि गरि घोषणा गरेको छ । करिव १ बिगाह जग्ग्गा क्षेत्रफलमा फैलिएको रतुवा खोलासंगैको त्यस स्थललाई संरक्षण गरि लिम्बू समुदायको चिनारीका रुपमा विकास गरिने इमानसिं चेम्जोङ स्मृति प्रतिष्ठान अध्यक्ष वीर बहादुर चेम्जोङले वताए ।

कार्यक्रममा मुन्धुम यक केलाङ प्रतियोगितामा कमल गाउँपालिका ७ नम्बर वडा केलाङ समूह प्रथम भएका थिए । कमल गाउँपालिका २ केलाङ समूह दोस्रो र कमल गाउँपालिका ४ नम्बर वडा तेस्रो भएको निर्णयक समिति सदस्य सेसेमी सेनाल्बो वताए ।

खेलमा चुलाचुली गाउँपालिका ४ को केलाङ समूह, कमल गाउँपालिका ५ नम्बर वडा केलाङ समूह र दमक नगरपालिका २ नम्बर वडा केलाङ समूह सहित जम्मा ६ केलाङ समूहको सहभागी रहेको थियो ।

केलाङ प्रतियोगिता तथा छेलो खेलका विजयी टोलीलाई पुरस्कृत गरियो भने कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
त्यसरी पअलुङ तथा पालाम प्रतियोगिताको पनि आयोजना गरेको थियो । पलुङ (छेलो) तर्फ चुलाचुली बुकवाका राजकुमार लिम्बू प्रथम भएका थिए । खेलमा ६ समूहको सहभागीता रहेको थियो ।

कार्यक्रम किरात याक्थुङ चुम्लुङ कमल गाउँपालिका शाखा समिति अध्यक्ष दिवस सङबाङफेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर