साना किसान संस्थाको अध्यक्षमा यशोदा, संस्थाको नाफा साढें २६ लाख

८ मंसिर, कानेपोखरी । साना किसान कृषि सहकारी संस्था लि. बयरवनको अध्यक्षमा यसोदा लिम्बु निर्वाचित भएकी छिन् । संस्थाको अन्तर समूहबाट छनौट भएका ११ जना प्रतिनिधिहरुले लिम्बुलाई मंसिर १ गते अध्यक्षमा निर्वाचित गरेको हो ।

त्यस्तै उपाध्यक्षमा कमलादेवी तिम्सिना निर्वाचित भएका छन् । सदस्यहरुमा राधा के.सी, हेमकुमारी रेग्मी, सुनिता कोइराला, ईन्द्रकुमारी कार्की, प्रेमकुमारी पौडेल, ईन्द्रकुमारी राजवंशी, दिलकुमारी चौधरी, सुस्मा कुमारी चौधरी र रुम्मिण पौडेल निर्वाचित भएका छन् ।
संस्थाले आठौं साधारण सभा भोली मंसिर ९ गते शनिबार गर्दै छन् । निर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई साधारण सभामा सपथ ग्रहण गरिने संस्थाकी प्रबन्धक बिमला बिष्टले बताइन् ।

संस्थाले कात्र्तिक १७ गतेदेखी २५ गते सम्म आफ्नो ११ ओटा अन्तर समूहबाट प्रतिनिधि चुन्ने काम सम्पन्न गरेको थियो । संस्थाको विद्यान अनुसार निर्मित निर्वाचना समितिका संयोजक खगेन्द्र राजभण्डारी (नेपाल कृषि सहकारी केन्द्रीय संघका सदस्य), सदस्य कानेपोखरी गाउँपालिकाका प्रतिनिधि रोहिन्द्र कुमार राजभण्डारी र सेयर सदस्यहरु मध्येबाट इच्छा कोइराला गरी तीन सदस्यबाट ११ वटा अन्तर समूहको भेलाबाट प्रतिनिधि छनौट गर्ने काम सम्पन्न गरेको थियो ।

११ वटा अन्तर समूहमा अध्यक्ष, उपाध्यक्ष र सचिव र समूह प्रतिनिधि चुन्ने व्यवस्था छ । समूहका प्रतिनिधिले अध्यक्ष र उपाध्यक्षको निर्वाचन भएमा मत दिने अधिकार रहने व्यवस्था छ । ११ वटा अन्तर समूहबाट आएका प्रतिनिधिहरुबाट अध्यक्ष र उपाध्यक्ष चुन्ने व्यवस्था रहेको छ ।
साविक बयरवन गाविस वडा नं. १ मा १६ वटा, २ मा २५ वटा, ३ मा १४ वटा, ४ मा २१ वटा, ५ मा २० वटा, ६ मा ८ वटा, ७ (क) मा १२ वटा, ७ (ख) मा २१ वटा, ८(क) मा ४२ वटा, ८(ख)मा २५ वटा र ९ मा २५ वटा समूह गरी जम्मा २२९ वटा समूह संचालनमा रहेको छ ।

संस्थाको २६ लाख ४६ हजार नाफा

संस्थाले आर्थिक वर्ष २०७९/२०८० मा २६ लाख ४६ हजार ७ सय ७८ हजार नाफा गरेको छ । गत आर्थि वर्षमा संस्थाले ११ लाख ८२ हजार २ सय ४७ रुपैया नाफा गरेको थियो । संस्थाले यस आर्थिक बर्षमा ४ करोड ३३ लाख ९ हजार ८ सय १५ रुपैया ऋण लगानी गरेको संस्थाकी अध्यक्ष कल्पना भण्डारीले बताइन् ।

संस्थाका पूर्व अध्यक्ष र सदस्यलाई सम्मान
संस्थाले भोली आठौं साधारण सभामा कानेपोखरी ६ निवासी संस्थाका संस्थपक अध्यक्ष राजमती इङ्नाम र कानेपोखरी ३ निवासी पूर्व सदस्य लक्ष्मी लिम्बुलाई सम्मान गर्ने भएको छ ।

 

 

 

सम्बन्धित खवर