नेपाली कांग्रेस पथरीशनिश्चरे नगर उप–सभापतीमा कार्कीको उमेद्वारी घोषणा

असोज १४ गते, पथरी । प्रायः सबैसँग हितैसी व्यवहार गर्ने, साइनो अनुसार सबैलाई सम्वोधन गर्ने, अलि समय लिएर गहकिला कुरा गर्ने बानी छ उनको । यी माथिका पङ्तिहरु लागू हुन्छ युवा नेता सन्तोष कार्कीमा । कार्कीले नेपाली कांग्रेस पथरीशनिश्चरेको नगरको उपसभापतिमा उम्मेद्वारी घोषणा गर्दा अग्रज र युवाहरुको समर्थन आइसकेको छ । र, चर्चा परिचर्चा पनि उत्तिकै छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको दोस्रो चरणको पालिका स्तरीय अधिवेसनमा कार्कीको चर्चा परिचर्चा औधी बढेको छ । सोही अनुरुप चुनावी मैदानमा होमिन कार्की अहिले भोट माग्नुमै व्यस्त छन् । उहाँ नेपाली कांग्रेसको १० औं महाधिवेसनबाट क्रियाशिल सदस्य भई नेपाली कांग्रेसको सिद्धान्त र कांग्रेसको विचारलाई जनस्तरसम्म फैलाउँदै आएका सन्तोष कार्कीले १४ आंै महाधिवेसनमा नगर उप–सभापति पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

साविकको हसन्दह गाउँ विकास समितिमा रही नेपाली कांग्रेसको राजतीनिमा संलग्न भएका कार्की, साविक हसन्दह गाविस राज्य पुनः संरचनापछि पथरीशनिश्चरे नगरपालिकाको वडा नं ५ र ६ मा समाहित भयो । पथरी शनिश्चरेमा हसन्दह नेपाली कांग्रेसको गढका रुपमा रहेको क्षेत्र हो । त्यही कांग्रेसमय भएको स्थानबाट कांग्रेसको राजनीति सुरु गरेका कार्कीले अध्ययनको शिलशिलामा एमाले अखिलको गढ मानिएको पथरीको पञ्चायत माविमा नेविसघको विज छर्दै काग्रेसलाई अगाडि बढाउँदै लगेका हुन् ।

विद्यालय अध्ययन गर्दा होस् वा क्याम्पस, ब्यापार गर्दा होस वा कृषिकर्म । जहाँ जे गरेपनि उनि नेपाली कांग्रेससँग सधैं सँगै सहयात्रा गर्दै अगाडि बढिरह्यो । विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय सन्तोषले राजनीति यात्राका क्रममा विभिन्न कालखण्डमा पाएका पदीय जिम्मेवारीलाई पनि अग्रज र साथीभाइका लागि सर्मपण गरेका कार्कीले यस पटक भने नगर उप–सभापतिमा उम्मेद्वारी घोषणा गरे ।

कार्की पार्टी भित्रको नेतृत्व चयनमा चुनावी प्रतिस्पर्धा भन्दा पनि सधैं सर्वसम्मतको पक्षमा वकलात गर्ने व्यक्ति हुन् । तर यस पटक भने चुनावी महोलमा होमिनु परेको बताउँछन् । चुनावमा उठ्नुको मुख्य उद्देश्य नै कार्कीको–‘प्रत्येक कांग्रेस कार्यकर्तालाई कांग्रेसको नीति र सिद्धान्तका विषयमा जानकारी दिनु र बलियो संगठन विस्तार गर्दै आउँदै गरेको स्थानीय तहदेखि संघीय सांसद सम्मको निर्वाचनमा कांग्रेसलाई जिताउने रणनीति बनाउनु हो ।’

साथै कार्कीले आफू उप–सभापतिमा निर्वाचित भएपछि कुनै पनि तहको निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा गर्दै रुख चिन्ह लिएर निर्वाचनमा उत्रिएका उम्मेद्वारलाई विजयी गराउने आफ्नो लक्ष्य रहको कार्की बताउँछन् । कार्की भन्छन् –‘पार्टीले तयार गर्ने विकास निर्माणका समग्र एजेण्डाले नगरका सबै क्षेत्र, वर्ण, लिङ्ग, जात, धर्म समेटिनु पर्ने भएता पनि त्यो हुन सकेको छैन सवै कुरा बजार केन्द्रीत भएका कारण तल्लो क्षेत्रमा विकासका सुचकहरु पुग्न सकेका छैनन् त्यसलाई सवै क्षेत्रमा पु¥याउनु पर्छ भन्ने नै मेरो मान्यता हो र पु¥याउन लागि पर्नेछु ।’ गुट वा समूह भन्दा सामुहिक प्रयासबाट निणर्य लिने कार्की आफू उप– सभापति भए पथरीशनिश्चरेमा कांग्रेसलाई विजयी बनाउन अहोरात्र खटिने सुझाउँछन् ।

सम्बन्धित खवर