४ नं. वडामा दुव्र्यसनी रोकथाम र नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम

असोज २२ गते, पथरी । मोरङ पथरीशनिश्चरे ४ वडामा लागुपदार्थ दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धी एकदिने सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार वडाकार्यालयको सभाहलमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका सई प्रकाश पराजुली र सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेका प्रमुख सुबास गिरिले सहजीकरण गरेका थिए ।

कार्यक्रममा लागुपदार्थ सेवन गर्नुको कारण, असरहरू, रोकथाम तथा नियन्त्रणका उपायका बारेमा श्रव्य–दृश्य सहितको सचेतनामुलक सामग्रीहरू प्रस्तुत गरेका थिए । लागुपदार्थ सेवन गर्नेको संख्यामा न्यूनीकरण गर्नका लागि प्रहरी मात्र नभइ स्थानीय सरकार, समुदाय, सामाजिक संस्था र विद्यालयको पनि समान जिम्मेवारी रहने सई पराजुलीले बताए ।

वडा नं. ४ कार्यालयको सहयोग र नेपाल पत्रकार मञ्च मोरङले आयोजना गरेको हो । कार्यक्रमको अध्यक्षता वडा नं. ४ का अध्यक्ष गोबिन्द बहादुर भण्डारीले गरेका थिए ।

 

सम्बन्धित खवर