दुर्घटनामा कानेपोखरीकोे टेम्पो चालक सागर तामाङ सहित ९ बर्षिय बालिकाको मृत्यु

असार २२, कानेपोखरी । मोरङको लेटाङ–कानेपोखरी सडक अन्तरगत फाईरलाईनमा बोलेरोले टेम्पोलाई ठक्कर दिदाँ चालक सहित बालिकाको मृत्यु भएको छ ।

शनिबार रारी ७ बजे प्रदेश नं. १ –०२–००२ च ४१७३ नम्बरको बुलेरोले ठक्कर दिदा कानेपोखरी ६ हनुमान चोकका ४२ बर्षिय टेम्पोका चालक सागर तामाङ घटना स्थलमै मृत्यु भएको छ ।

सोही घटनामा टेम्पोमा सवार आमाछोरी मध्ये कानेपोखरी ६ की ९ बर्षिय रोश्नी मगर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा शक्त घाइने भएकी रोश्नीको उपचारको क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा निधन भएको हो । अर्का टेम्पोमा आमाछोरी सवार थिए । कानेपोखरी ६ की आमा टिका मगरको बिराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएका छन् ।

लेटाङबाट कानेपोखरी तर्फ जादै गरेको टेम्फोलाई विपरीत दिशाबाट आएको बोलेरोले ठक्कर दिएर दुर्घटना भएको थियो । बोलेरो र चालक ईलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा रहेको छ ।

फारलाईनमा आज बिहान हावाले लडाएको रुख समयमै पन्छाउन नसकेकाले दुर्घट्ना भएको बताईएको छ ।

 

सम्बन्धित खवर