अलपत्र परेका झापाका बालक पथरीबाट उद्धार गरी खोजतलास केन्द्रमा

कार्तिक २३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरले आफ्नो नगरमा अलपत्र अवस्थामा फेला परेका एक बालकलाई पथरीबाट उद्धार गरी बालबालिका खोजतलास केन्द्र विराटनगरमा पठाएको छ ।

स्थानीय समाजसेवी किसान राई सहितका युवाले पथरी बजार क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेका १० वर्षीय दलित बालकलाई नगरपालिका कार्यालयमा सम्पर्क गराएका थिए । त्यसपछि उपप्रमुख यमुना विष्ट वास्तोलाले बालकलाई आज बालबालिका खोजतलास केन्द्र विराटनगरमा पठाइएको छ ।

झापाको विर्तामोड घर बताउने बालकले आफ्ना बुबाले विष सेवन गरेर आत्महत्या गरेको र आमा समेत नभएपछि गाडी चढेर आउँदा पथरी आइपुगेको सुनाएका थिए । पथरी क्षेत्रमा बालकका कोहि आफन्त खोजी गर्दा पत्ता नलागेपछि नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल सहितका कर्मचारीले बालकलाई बालबालिका खोजतलास केन्द्रमा पुर्याएका हुन । यस अघि पनि उपप्रमुखको पहलमा बेसहरा बनेका बालबालिका र सडकापेक्षी मानवहरुको उद्धार गरी संरक्षण गृहमा पठाउने काम भएको थियो ।

सम्बन्धित खवर