तीन दिनमा २ सय १३ वटा सामुदायिक कुकुरको स्थायी वन्ध्याकरण

कात्र्तिक २५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यायले २ सय १३ वटा सामुदायिक कुकुरको स्थायी वन्ध्याकरण गराएको छ ।

नगरपालिकाको पशुपंक्षी शाखामार्फत ३ दिने कार्यक्रममा १ सय ३५ भाले र ७८ पोथी गरी २ सय १३ सामुदायिक कुकुरको वन्ध्याकरण गराएको हो । हालसम्मको तिन वर्षे अवधिमा पहिलो वर्ष १ सय ६०, दोस्रो वर्ष २ सय २ वटा र हालको तेस्रो वर्ष २ सय १३ गरी कुल ५ सय ७५ वटा सामुदायिक कुकुरको वन्ध्याकरण गरिएको छ ।

वडाको टोल टोलमा पुगेर सडकमा छाडा अवस्थाका सामुदायिक कुकुर समाती वन्ध्याकरणसँगै रेविजको सुई लगाएर उनीहरुकै बसोबास स्थानमा ल्याएर छोडिएको छ । नेपाल एग्री लाइभस्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरीको प्राविधिक सहयोग गरेको थियो ।

डाक्टहरु इन्द्रनारायण साह, कृष्णकुमार यादव, सूर्य साह, सुवास चौधरी, राघवेन्द्र तिवारी सहितको पशु सेवा प्राविधिक टोलीले वन्ध्याकरण कार्य सञ्चालन गरेको थियो । नगरलाई रेविज रोग मुक्त गर्ने योजना अनुरुप नगरले वन्ध्याकरणका लागि यो वर्ष ५ लाख रुपैयाँ विनियोजित गरिएको थियो । सेवा केन्द्रबाट आवश्यक औषधि र खोप पनि निःशुल्क उपलब्ध हुँदै आएको छ ।

 

सम्बन्धित खवर