पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले साविकको महिला विकास तथा बालबालिका कार्यालयले वितरण भएका अपाङ्गता परिचयपत्रलाई नयाँ तरिकाले नगरपालिकामार्फत वितरण थालेको छ ।
पछिल्लो पटक भनें साविकको महिला तथा बालबालिका कार्यालयबाट जारी भई नविकरणको १ वर्षे अवधि पुगेका परिचयपत्रलाई नगरमार्फत नयाँ बनाइएको हो । नयाँ परिचयपत्र लिने र साविकको परिचयपत्रलाई नयाँ बनाएको गरी पछिल्लो पटक २७ वटा परिचयपत्र जारी भएको नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जनाए ।
जसमा, नगर अस्पतालका डाक्टर सहितको समितिले छानविन गरी पूर्ण असक्तको रातो परिचयपत्र ९ जनालाई, असक्तको नीलो १५ जनालाई, मध्यम असक्तको पहेंलो २ जनालाई र सामान्यको सेतो १ जनालाई प्रदान भएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोला संयोजक रहेको अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समितिमार्फत गत साउन २७ गतेबाट नगरले परिचयपत्र वितरण थालेको हो । समितिले प्रत्येक महिनाको १५ र ३० गते परिचयपत्र वितरण गर्दै आएको छ ।