फागुन २८ गते, पथरी । ‘पशुपन्छीहरुलाई खोप लगाऔं, महामारी रोगबाट बचाऔं’, भन्ने नाराका साथ मोरङको पथरीशनिश्चरे नगरमा अहिले सम्ममा ७ हजार ९ सय बाख्रालाई पीपीआर र २ हजार २ सय ५० गाईभैंसीलाई खोरेतको खोप लगाएको छ ।
संघीय तथा प्रदेश सरकारमार्फत भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र विराटनगरको सहयोगमा नगरको पशुपंक्षी शाखाले सप्ताहव्यापी रुपमा बाख्रामा पीपीआर र गाई भैंसीमा खोरेतको निःशुल्क खोप लगाउने कार्यक्रम अघि बढाएको हो ।
हालसम्म ४ वटा वडामा खोप सञ्चालन भइसकेको छ । यस क्रममा आज वडा नम्बर १० मा २ हजार ५ सय बाख्रालाई पीपीआर र ६ सय ५० गाईभैंसीलाई खोरेतको खोप लगाइएको शाखाका कर्मचारी पर्वत साहले जनाए ।
जसअन्तर्गत हिजो वडा नम्बर २ मा १ हजार ७ सय बाख्रामा पीपीआर र ६ सय २० गाईभैंसीमा खोरतको खोप लगाइएको थियो ।
वडा नम्बर ४ मा १ हजार ९ सय बाख्रालाई पीपीआर र ६ सय गाईभैंसीलाई खोरेतको खोप लगाइएको छ । वडा नम्बर ९ मा १ हजार ८ सय बाख्रालाई पीपीआर र ४ सय गाईंभैसीलाई खोरेतको खोप लगाएको छ । भोली वडा नम्बर ८ मा खोप सञ्चालन हुनेछ । बाख्राका लागि पीपीआर रोग विरुद्धको १५ हजार डोज खोप लगाउने कार्यक्रमको लक्ष्य रहेको छ ।
खोप लगाउने कामका लागि पुष्पबहादुर पौडेलको अगुवाईमा २१ जना पाराभेट्हरुको सहभागिता रहेको छ । यसपछि सँुगुरमा खोरेत र स्वाइनफिवर विरुद्धको खोप लगाउने समेत कार्यक्रम रहेको छ ।