माओवादी केन्द्र पथरीशनिश्चरेको वडा कमिटी गठन

साउन ३१ गते, पथरी । नेपाल कम्युनिष्ट पार्टि(माओवादी केन्द्र) पथरीशनिश्चरे वडा नं. १० को नयाँ वडा कमिटी गठन भएको छ ।

आइतबार जालपादेवी आधारभुत विद्यालयमा भएको सम्पन्न भेलाबाट पदम गुरुङको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन भएको हो ।
भेलाले सचिवमा महेश कार्कीलाई चयन गरेको छ । त्यसैगरी वडा कमिटी सदस्यहरुमा देवी माया राई, मेघराज मिश्र, विनिता विश्वकर्मा, सुनिल दाहाल, राजकुमार विष्ट, खगेन्द्र मगर, शेरबहादुर निरौला, सन्तोष श्रेष्ठ, तुलसा पोखरेल, शोभा राई, गोपाल थापा, जमुना मगर, अर्जुन विश्वकर्मा र सरोज बस्नेत रहेका छन् ।

यसैगरी, सदस्यहरुमा शारदा कार्की, खेमबहादुर बस्नेत, डिल्लीराम बुढाथोकी, श्यामकुमार सिवाकोटी, पदम मगर, सुखबहादुर चेम्जोङ, तुलसीप्रसाद पोखरेल, चन्द्रप्रसाद पोखरेल, रोहित बस्नेत, सुवास कोइराला, कविता विश्वकर्मा, सन्तोष विश्वकर्मा, विमला महरा, सीता घतानी, शिवप्रसाद पयाङ्गु र पोमा खड्का रहेका छन् ।

कार्यक्रममा संविधान सभा सदस्य एवं माओवादी केन्द्रका प्रदेश सदस्य लालबहादुर सुस्लिङ मगर, प्रदेश सांसद कुलप्रसाद साँबा (कुशल), माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य दिननाथ तिम्सिना, जिल्ला सदस्य बालकुमार मगर (विकास), नगर अध्यक्ष चेतन दाहाल, नगर उपाध्यक्ष राधिका गौतम, विजय लिम्बू, सह–सचिवद्वय मान दियाली र रविन राई, वाइसिएल नगर अध्यक्ष एम मादेन लगायतको उपस्थिति रहेको थियो ।

नगर उपाध्यक्ष प्रेम ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नगर सदस्य मदन पोखरेलले गरेका थिए ।

सम्बन्धित खवर