बजार व्यवस्थापनले सोमबारे बजारको मुहार फेरियो

भदौ १३ गते, पथरी । पथरीशनिश्चरे ८ स्थित सोमबारे बजारको पुरानो टहरा हटाई नयाँ बजार व्यवस्थापनले गर्दा बजारको मुहार पुरै फेरिएको छ ।

बजारमा सबै पुरानो टहराहरु हटाएर आगामी २० बर्ष सम्मको लागि पुग्ने पक्की टहरा निर्माण भएको पछि बजारको मुहार फेरिएको हो । वडा नम्बर ८ कै पहिलो वाइफाइ जोन सोही बजारमा निर्माण गरि वाइफाइ निःशुल्क वितरण गरिएको छ । खाल्डो रहित बजार निर्माण गरी बर्खामा पानी जम्ने समस्या समाधान पनि भएको छ । त्यसैगरी दुइवटै पिपलको फेदमा फलैचा निर्माण र ८५ वटा भन्दा बढी बिरुवा रोपेर हरियाली बजार निर्माण भएको छ ।

निवर्तमान बजार व्यवस्थापन समितिका अध्यक्ष युवानेता नवीन कार्कीको नेतृत्वमा सोमबारे बजारले मुहार फेरेको हो । अध्यक्ष कार्कीले आफ्नो तीन बर्ष कार्यकालमा स्थानिय सरकार र विभिन्न निकायबाट रकमको योजना पारी यि सवै काम सम्पन्न गरेको थियो ।

नव गठित बजार समितिको कार्यक्रममा बोल्दै आफ्नो गाउँ बनाउनको लागि कुनै पनी राजनीतिक आग्रह पुर्वाग्रह नराखी बिकासको काममा अगाडी बढेर नै आज यो बजारले मुहार फेरेको बताए । समितिले राजनीतिमा प्रतिस्पर्धा, बिकासमा एक्यवद्धता, आजको आवश्यकता भन्ने नारा नै तय गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै वडा नम्बर ८ का वडध्यक्ष बाबुराम दाहालले नवीन कार्किको नेतृत्वमा रहेको ब्यबस्थापन समितिले बजेट खोजेर ल्याएर पनि वडा नम्बर आठ कै गहना को रुपमा सोमबारे बजारलाई बिकासको गतिमा अगाडी बढाएकोमा नबगठित समितिले पनि कार्की नेतृत्वको समितिले गरेको कामबाट सिकेर अगाडी बढ्नुपर्ने सुझाब दिदै नया समितिलाई शुभकामना समेत ब्यक्त गरेका थिए ।

अध्यक्ष कार्कीले आफ्नो बजार समितिको अध्यक्षको जिम्मेवारी लिएर आउँदा ८ हजार ३ सय २५ रुपैयाँ ऋणमा जिम्मा लिएको बजार समिति अहिले तीन बर्ष पछी ३३ हजार रुपैयाँ भन्दा बढी रकम बतच गरेको सदस्य सुनिल नेपालले बताए । बजारमा चौतारो(फलैचा) निर्माणमा सहयोग गर्ने पवन देवानलाई सम्मान गरेका थिए ।

सम्बन्धित खवर