धनकुटामा माओवादी केन्द्र शून्य : सबैजसो नेता–कार्यकर्ता आजबाट एमालेमा

 

कार्तिक २९ गते, धनकुटा । प्रदेश नम्बर १ को धनकुटा जिल्लामा नेकपा माओवादी केन्द्र शून्य प्राय हुने भएको छ । नेकपा मओवादी केन्द्रका नेता कार्यकर्ता सोमबार नेकपा एमालेमा प्रवेश गर्दैछन । धनकुटा नगरपालिकाका वडा नम्बर ९ मा वडा अध्यक्षमा विजयी भएका एकमात्र माओवादी नेताले एमाले रोजेका छन् ।

वडा नम्बर ९ का अध्यक्ष सन्दिप रायमाझीले प्रचण्ड लगायतले आन्दोलनप्रति गद्दारी गरेका कारण राष्ट्रको समृद्धिको अभियानमा सहभागी हुन नेकपा एमालेमा प्रवेश गर्ने निर्णयमा पुगेको बताए ।

सोमबार धनकुटाको सहिदभूमि गाउँपालिकाको छिन्ताङमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका सयौँ कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको छ ।

पार्टी प्रवेश गराउने प्रयोजनका लागि प्रदेश नम्बर १ मा माओवादी शून्य पार्ने घोषणा गरेका व्यवसायी समेत रहेका एमाले नेता दुर्गा प्रसाईले केही दिनदेखि धनकुटाका गाउँगाउँमा माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश गराउने कार्यमा लागि रहेका छन् । सोमबारको कार्यक्रममा सयौँ माओवादी कार्यकर्ता एमाले प्रवेश गर्ने र त्यसको तयारी अन्तिम चरणमा पुगेको प्रसाईले बताए । – जनता टाईम्सबाट साभार

सम्बन्धित खवर