पथरीमा ‘अनि देउराली रुन्छ’ नाटकको समापन, उपप्रमुख सम्मानित

मंसिर १५ गते, पथरी । मोरङको पथरीशनिश्चरेस्थित शब्द थिएटरले कला प्रवद्र्धनमा सहयोग पुर्याएकोमा नगर उपप्रमुख यमुना विष्ट वास्तोलालाई सम्मानित गरेको छ ।

थिएटरको प्रस्तुत गरेको मनबहादुर मुखियाको नाटक ‘अनि देउराली रुन्छ’ को आज समापनका अवसरमा नाटक गर्न न्यायिक समितिमार्फत आर्थिक समेत सहयोग प्रदान गर्दै कलाप्रति प्रोत्साहित गर्दै आउनु भएकी उपप्रमुख वास्तोलालाई सम्मानपत्रले सम्मानित गरिएको हो । नाटक निर्देशक जीवन बरालले बास्तोलालाई सम्मानित गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी वास्तोलाले नगरमा हुने अन्याय अत्याचार तथा समाजका हरेक क्रियाकलापलाई कलाको माध्यमबाट चरितार्थ पार्दै नयाँ पुस्तालाई सन्देश दिन भएको नाट्य गतिविधिलाई आफुले सधैं साथ सहयोग पुर्याउने बताए ।

कार्यक्रममा बोल्दै नाटकका निर्देशक बरालले शब्द कला समूह सहितको सहकार्यमा भएको यो अभियानले पुस्तकमा भएको नाटक अभिनयमा रुपान्तरण गर्दै जीवन्त प्रस्तुति दिन सकिने कुराको सन्देश दिन प्रयास गरेको बताए । ११ दिनसम्म ३० वटा सो सञ्चालन गर्दै पूर्वमा टिकट काटेर ऐतिहासिक नाटक सहितका नाटक हेर्न दर्शकको रुची बढाउन सकिएको भन्दै खुसी व्यक्त गरे । उनीले अव नगरमा एउटा नाटकघरको आवश्यकता टड्कारो रुपमा खड्किएको समेत बताइन । कार्यक्रममा सहयोगी तथा नाटक हेर्न सहभागि विद्यार्थीका विद्यालयहरुलाई प्रसंसापत्र समेत प्रदान गरिएको छ ।

 

सम्बन्धित खवर