८ नम्बर वडाको स्वास्थ्य सेवा केन्द्र र वडा कार्यालयको भवन उद्घाटन

पुस ३ गते, पथरी । मोरङ पथरीशनिश्चरे–८ नम्बर वडाले आधारभूत स्वास्थ्य सेवा केन्द्र र वडा कार्यालयको भवन उद्घाटन गरेको छ । शुक्रबार नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट र नगर प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले संयुक्तरुपमा रिवन काटेर उद्घाटन गरेको हो ।

भवन उद्घाटनको अवसरमा वडा भवन निर्माणको लागि जग्गा खरिद गर्न रकम प्रदान गर्ने मिलन राई, लक्ष्मीप्रसाद गुप्ता, रामबहादुर भट्टराई लगायत ४८ जनालाई सहयोग दातालाई सम्मान पत्रले सम्मान गरेका थिए । सोमबारे बजार व्यवस्थापन समितिको ३ कट्ठा १० धुरमा स्थानीय ४८ जनाले कम्तिमा २० हजार रुपैयाँका दरले सहयोग प्रदान गरी थप १ कठ्ठा जग्गा खरिद गरिएको थियो ।

त्यस्तै वडाका महिला स्वास्थ्य स्वयमसेविका, विद्यालयका शिक्षक तथा कर्मचारी, ज्येष्ठ नागरिक सहितलाई सम्मानित तथा पुरस्कृत गरिएको थियो । ८० बर्ष भन्दा माथिका रामबहादुर माझी, दलबहादुर देवान, धनमाया पौडेल, पूर्णबहादुर दर्लामी, नर्बदा अधिकारीलाई करुवा र दोसल्लाह ओढाएर सम्मान गरेका थिए ।

त्यसैगरी सामुदायिक विद्यालयमा सहयोगी कार्यकर्ताहरु सुनिता खरेल र दुर्गा कुमारी घिमिरे (मिलन आवि), सुनिता कार्की, मनिता गौतम (बुद्ध मावि), भीमकुमारी सुवेदी (दुर्गा आबि), महिला स्वयम सेबिका सरस्वति चौधरी, मञ्जु बस्नेतलाई कदर पत्र र नगद ५ हजारको दरले सम्मान गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख राई, उपप्रमुख बिष्ट र प्रमुख प्रशासकिय अधिकृत खरेलले सम्मान गरेका थिए । वडा सचिव ललिता लावतीले सञ्चाल गरेको कार्यक्रममा वडाध्यक्ष बाबुराम दाहालको सभापति रहेको थियो ।

 

 

सम्बन्धित खवर