कृषि तथा पशु उपज ढुवानीको लागि दिगोपनद्धारा सवारी खरिद

माघ १२ गते, कानेपोखरी । मोरङको कानेपोखरी–७, बरगाछिमा स्थापित दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले कृषि तथा पशु उपज ढुवानीको लागि सवारी साधन खरिद गरेको छ ।

संस्थाले गाउँपालिका भित्रका किसानहरुबाट उत्पादित कृषि तथा पशु( तरकारी, खसी बोका र पाठापाठी) लगाएत ओसारपसार तथा बजारीकरण गर्नका सहजताको लागि पिकअफ गाडी खरिद गरिएको हो ।

हेफर इन्टरनेशनल नेपालले ११ लाख ११ हजार २ सय ५० रुपैया र दिगोपन सामाजिक उद्योमी महिला सहकारीबाट ११ लाख ११ हजार २ सय ५० रुपैया गरी जम्मा २२ लाख २२ हजार ५ सयमा बोलेरो पिकअफ भेन खरिद गरिएको संस्थाकी व्यस्थापक रुकमणी भुसालले बताइन् । संस्थामा काम नभएको बेला पिकअफ भाडामा पनि लगाउने तयारी गरेको छ । पिकअफ भेन संस्थाले माघ १ गतेदेखी संचालनमा ल्याएको छ ।

संस्थाले यस बर्ष ३ लाख ४ हजार ५ सय २७ रुपैया रकम आम्दानी गरको छ । गत बर्ष संस्थाले १ लाख ७७ हजार ६ सय ८९ रुपैया शुद्ध बचत गरेको थियो । सेयर सदस्यहरु १ देखी २ माउ बाख्रा पाल्ने ३४६ घर, ३ देखी १० माउ बाख्रा १९७ घरधुरी , ११ देखी २० माउ बाख्रा पाल्ने १७ घरधुरी र २० माउ बाख्रा भन्दा माथी पाल्ने ७ घरधुरी संस्थामा रहेको छ ।

संस्थाले यस आर्थिक बर्षमा ५१४ साना पशु, ४९ वटा ठुलो पशुको विमा गरेको छ । ति मध्ये २८ वटा साना पशुको मृत्यु भएकोले क्षतिपूर्ति बापत ३ लाख ७१ हाजर ५ सय रुपैया मध्ये २ लाख शेयर सदस्यको दुर्घटना विमाको रकम भुक्तानी दिएको छ ।

किसानको उत्पादनको उचित मुल्य, बिचौलियाको अन्त्य र बजारीकरण सुनिश्चितताको लागि संस्थाले २०७३ साल देखी जिवित तौल अनुसार खसिबोका खरिदबिक्रि व्यवसाय, पशु सन्तुलित आहार, उन्नत जातका घासका बिऊ बिजन खरिद बिक्रि गदै आइरहेका छन् । संस्थाले किसानले पालेको खसीबोका, पाठापाठी उचित मुल्यमा खरिद गरी बजार खोजि बिक्रि गर्दै आएको छ ।

४१ वटा महिला समूह मध्ये २४ वटा समूह मिलेर २०६८ सालमा संस्था सुरु गरेका थिए । ९०२ महिला र १८ जना पुरुष गरी जम्मा ९ सय २० जना सदस्य रहेका छन् ।

 

सम्बन्धित खवर