चैत २१ गते, पथरी । मोरङको पथरीशनिश्चरे –२ स्थित रेडस्टार माध्यमिक विद्यालयको २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । साथै अन्तर्राष्ट्रिय स्कूल अवार्ड सम्मान कार्यक्रम पनि सम्पन्न गरेको छ ।
शनिबार विद्यालयमा भएको कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राईले रेडस्टार स्कुललाई अन्तर्राष्ट्रिय स्कूल अवार्ड दिलाउन भूमिका खेल्ने विद्यालयका संस्थापक र शिक्षकशिक्षिकाहरुलाई सम्मान गरिएको थियो ।
प्रमुख राईले ब्रिटिश काउन्सिल अवार्डबाट पुरस्कृत भएको रेडस्टार माध्यमिक विद्यालयको थप शैक्षिक उन्नति शुभेच्छा प्रकट गर्दै शिक्षाको व्यवहारिक र जिवनोपयोगी शैक्षिक कार्यक्रम चलाउदै अघि बढ्न शुभकामना व्यक्त गरेका थिए । विद्यार्थीहरूको सर्वांगीण शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकको सदैव सहयोग रहने बताए । नगरपालिकले संचालन गरीरहेका कार्यक्रमहरूलाई अव आउने जनप्रतिनिधिहरुले समेत निरन्तरता दिन आग्रह गरे ।
सोहि कार्यक्रममा शिक्षा, यूवा तथा खेलकूद शाखा प्रमुख शालिकराम काफ्लेले रेडस्टार माविले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै सो विद्यालयले नगरमा शैक्षिक ८ हब बनाउन चालेको कदम बढाईरहन पनि शुभकामना व्यक्त गरे । विद्यालयका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल टी एन तिमिल्सिनाको सभापतित्व भएको उक्त कार्यक्रममा उपमेयर यमुना बिष्ट बास्तोलाको समेत उपस्थिति रहेको थियो ।
उक्त अवसरमा अध्यक्ष, नेपाल शिक्षक महासंघ पथरीशनिश्चरेका अर्जुन कुमार बुढाथोकी, प्याब्सन केन्द्रीय कमिटीका सदस्य केदार खनाल, लगायतको उपस्थिति रहेको थियो । विद्यालयका सह–प्रधानध्यापक बसन्त मादेनले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा कक्षा–२ का विद्यार्थीले राष्ट्रिय गीतमा नृत्य प्रस्तुत गरेर स्वागत गरेको थिए ।
उक्त अवसरमा कक्षा – नर्सरी देखि ९ सम्मका विभिन्न तहगत परिक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्नेहरूलाई पुरस्कार प्रदान गरिएको थियो भने विभिन्न विधामा पुरस्कृत भएको विद्यार्थीहरूलाई प्रमाण पत्र सहित सम्मान प्रकट गरिएको थियो । साना – साना नानीबाबुहरू तथा आधारभूत तहका विद्यार्थीले विभिन्न रायम्समा नृत्य प्रस्तुत गर्नुका साथै सन्देशमूलक नाटकहरू प्रदर्शन गरेका थिए । सोहि क्रममा विद्यालयका शिक्षकशिक्षिकाले सुन्दर नृत्य प्रस्तुत गरेका थिए ।
‘आमा नहुँदा एक साँझ’ शिर्षकको नाटक मञ्चन गरिएको थियो । महेश पौडेलको लेखन, रंगकर्मी तथा विद्यालयका अभिनय शिक्षक जीवन बरालको परिकल्पना रहेको सो नाटकको निर्देशन जीवन बराल तथा सुमन कुईकेल बरालले गरे । सो नाटक शैंली थिएटर, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान र रसियन कल्चरको संयुक्त आयोजनामा भएको १३ औं राष्ट्रिय बालनाटक महोत्सव –२०७८ (भर्चुअल) मा सहभागी भई प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो। उक्त नाटकमा अभिनय गर्ने कलाकार विद्यार्थीहरू र अभिनय शिक्षक तथा बरिष्ठ रङ्गमञ्चकर्मी जीवन बराललाई पनि सम्मान गरिएको थियो ।