पथरीशनिश्चरे नगरको बजेट १ अर्व २७ करोड

असार १० गते, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०७९÷८० का लागि १ अर्व २७ करोड १५ लाख ४१ ह्जार बजेट प्रस्तुत गर्दै ११ औं नगर सभा सम्पन्न गरेको छ ।

आज शुक्रबार नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षताको सभामा नगर उपप्रमुख देवीमाया काफ्लेले आर्थिक वर्ष २०७९÷८० का लागि नीति, कार्यक्रम सहित अनुमानित आयव्यय बजेट प्रस्तुत गरेका थिए । बजेट माथी छलफल सहित नीति, कार्यक्रम र बजेट पारित भएको छ ।

शनिबार पत्रकार सम्मेलन गरी सो बारेमा सार्वजनिकिकरण गरिने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी गराए ।

सम्बन्धित खवर