डेढ बर्ष अघि छाडेका कानेपोखरी–रंगेली सडकको बाँकी काम सुरु हुने

साउन ३ गते, कानेपोखरी । हुलाकी मार्ग अन्तरगत मोरङको कानेपोखरी–रंगेली सडकको बाँकी रहेको काम बन्ने भएको छ । सडक ठेक्का पाएको ठेकेदार कम्पनीले डेढ बर्ष अघि नै सडक कालोपत्रे गरी अरु सवै काम बाँकी छोडेको थियो ।

रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकाले ठेकेदार कम्पनीलाई भुक्तनीको सिफारिस पत्र नदिएपछि असार १ गते सडक सरोकारवाला टोलीले अनुगमन् भएको थियो । दुई पालिको पटक पटक आग्रहमा कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारी, रंगेली नगरपाकिलाका मेयर दिलिपकुमार अग्रवाल, हुलाकी सडक निर्देनालयका प्रमुख धर्मेन्द झा, हुलाकी सडक आयोजना कार्यालय इटहरीका योजना प्रमुख विजयी थापा, इन्जीनीयर दिपेन्द्र चौधरी, एक.एच,आर्डे,डि.सि. एल(टी.एल)तनोज वाजपोइ, लामा डाँफे दी कञ्चनजंघा कन्सट्रक्सनका ठेकेदार टेन्डी शेर्पा र वडाध्यक्षहरु रामचन्द्र मण्डल, ढकप्रसाद आचार्य र अवधेश मण्डल लगाएतले अनुमगन गरेका थिए ।

कानेपोखरी चोक देखी रंगेलीदेखी दक्षिण भारता जोड्ने सिमाना सम्म २५.४० किलोमिटर सडकको अनुमगन गरेका थिए । अनुगमन् पनि बसेको बैठकले प्वाल परेको सडक र छेउमा भत्किएको सडक निर्माण गर्नुपर्ने, सवै निर्माण गरिएको ड्रेनमा ढकन लगाउनु पर्ने, बाँकी रहेको ड्रेन निर्माण गर्नु पर्ने, सडकको शाखा बाटोमा मापदण्ड अनुसार कालोपत्रे गर्नुपर्ने, रमाइलो चोकको इन्टरलक ब्लक इस्टीमेट अनुसार गर्नुपर्ने र चर्किएको सडक पुननिर्माण गरिनुपर्ने सहमती भएको छ । यी सवै कुरा गरिएमा मात्र रकम भुक्तानीको सिफारिस दिने दुई पालिकाले जनाएको छ । यी सडकका बाँकी रहेका कामहरु चाँडै थालीने हुलाकी सडक निर्देनालयका प्रमुख धर्मेन्द झाँले बताए ।मार्च २०११ मा निर्माण शुरु गरेर अगस्ट २०१३ मा सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भारतीय कम्पनीसँग भएको थियो । तर, १८ महिनापछि काम छाडेर उक्त कम्पनी भागेको थियो । भारतीय कम्पनी काम छोडेर भागेको चार वर्षपछि २०७४ असार ६ गते नेपाली निर्माण कम्पनी लामा, डाँफे, द कन्चनजंघा कन्ट्रक्सन प्रालिले सडक कालोपत्रे गर्ने ठेक्का पाएको थियो ।

यस कम्पनीले पनि २०७६ को असार ५ गते यो सडक कालोपत्रे गरेर हुलाकी सडक आयोजनालाई जिम्मा लगाउने सम्झौता भएको थियो । तर, निर्माण सामग्री आपूर्ति गर्न र त्यसपछि कोभिडका कारण काम गर्न ढिलाइ भएपछि तोकिएको समय भन्दा २१ म्हिना पछि सडक सम्पन्न गरेको भन्दै अधुरो सडक २०७७ चैत १८ गते समुदायलाई हस्तान्तरण गरेको थियो । सडकको शाखाबाटो र चोक चोकमा कालोपत्रे बाँकी नै रहेको थियो ।

 

सम्बन्धित खवर