लोक सेवा आयोगको परीक्षामा मोबाइल नम्बर लेख्ने परीक्षार्थीको परीक्षा रद्द

साउन १८ गते, सुर्खेत । लोक सेवा आयोगको परीक्षा दिँदा उत्तरपुस्तिकामा फोन नम्बर लेख्ने परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । कर्णाली प्रदेश लोक सेवा आयोगले लिएको स्वास्थ्य सेवातर्फको परीक्षामा एक जना उम्मेदवारले ‘मलाई फोन गर्नू’ लेखेर आफ्नो मोबाइल नम्बर उत्तरपुस्तिकामा लेखेका थिए ।

विज्ञापन नम्बर ५८४÷५८८–०७८÷७९ स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, सहायकस्तर चौथो तहको अहेव पदका लागि परीक्षा दिएका सिद्धकुमाख गाउँपालिका–२ सल्यानका नविनकुमार रेउलेले आफ्नो फोन नम्बर उत्तरपुस्तिकामा लेखेपछि उनको परीक्षा रद्द गरिएको हो ।

प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ६४ (१) तथा प्रदेश लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७८ को दफा ३६ (२) बमोजिम उनको लिखित परीक्षा रद्द भएको हो । यस्तै, आयोगबाट आगामी दुई वर्षसम्म हुने पदपूर्तिसम्बन्धी कुनै पनि परीक्षामा रेउले उम्मेदवार हुन पाउने छैनन् ।

सम्बन्धित खवर